मतदान मार्फत् एमालेलाई नाश गर्न मन्त्रीको उर्दी

मतदान मार्फत् एमालेलाई नाश गर्न मन्त्रीको उर्दी

राजविराज : सूचना तथा परामर्श केन्द्रको अनुगमन तथा निरीक्षणमा आएका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले नेकपा (एमाले)लाई प्रदेश नम्बर २ मा पराजित गरेर बदला लिनुपर्ने बताएका छन्।

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत सूचना तथा परामर्श केन्द्रको निरीक्षणमा जानु अघि राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै मन्त्री मन्सुरले यस्तो निर्देशन दिएका हुन्।

अगुवा कार्यकर्तालाई निर्देशन दिनुहुँदै उहाँले मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न चिन्ह उठाउने र अपमान गर्ने एमालेलाई पराजित गरेर मधेसी जनताले बदला लिनुपर्नेमा जोड दिए । द्रौपदीको अपमान गर्ने रावण र सीताको अपमान गर्ने कौरवको वंशनाश गरे झै एमालेलाई मतदानमार्फत् नाश गर्न मन्त्री मन्सुरले कार्यकर्तालाई निर्देशन दिए।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्सुरले एमालेसँगै मधेसी दलका नेतालाई पनि आक्रमणको तारो बनाए ।मशाल लिएर आएको पार्टीको राजनीतिक यात्रा साइकल, तालाचाबी, रेल बन्दै गएको भन्दै उनले मधेसी जनताको अधिकारका लागि सिन्को पनि नभाँच्ने मधेसी दलका नेताले मन्त्री र सम्पतिका लागि मात्र कुद्ने गरेको आरोप लगाए। हरेक पटक सरकार गठनका क्रममा राति १२ बजे नयाँ पार्टी गठन गर्ने मधेस केन्द्रित दलका नेताहरुले पार्टी फुटाउँदै मन्त्री बन्नु बाहेक अर्को काम नगरेको जिकिर गरे।

‘पहिलो संविधानसभामा राम्रो मत पाए पनि मधेसीको अधिकार स्थापित हुने गरी संविधान नलेख्ने मधेसको मसिहा भनिनेहरुले दोस्रो संविधानसभामा अधिकार लेखिने बेलामा संसद छाडने तर तलबभत्ता नछाडने प्रवृत्ति देखाएको बताए।

‘संविधान जारी भएपछि पसल बन्द हुने भयले मधेस केन्द्रित दलहरुले संविधानविरुद्ध विष वमन गरे, झुठो बोले’, मन्त्री मन्सुरले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.