जब सिँचाई मन्त्री एक्कासी सडकमा घोप्टिए
बर्दिया : सिँचाई मन्त्री संजय गौतम सोमवार गृह जिल्ला बर्दिया आउने कार्यक्रम अनुसार बाँके बर्दियाको सिमानामा पर्ने मानखोला नजिक बर्दियातर्फ मन्त्रीलाई स्वागत गर्न कुरेर बसीरहेका बर्दियावासीहरुको भीड थियो । आफ्नै जिल्लाबाट सिँचाई मन्त्री बनेका गौतमलाई बर्दियाका व्यापारी, कर्मचारी, पार्टीका कार्यकर्ता लगायत स्थानीयहरु हातमा खादा, माला तथा पुष्पगुच्छा लिएर स्वागतको लागि सडक छेउमा लाईन लागेर बसेका थिए ।
केही समयको प्रतिक्षापछि सिँचाई मन्त्रीसहित गाडीहरुको ताँती लागेर आयो । बर्दियाको सिमानामा मन्त्रीको गाडी टक्क रोकियो । मन्त्री गाडीबाट ओर्लिए अनि बर्दियाको भुमीमा एक्कासी शिरको भादगाउँले टोपी फुकालेर घोप्टिएपछि स्वागतका लागि आतुर बनेका शुभेच्छुकहरु दङ्ग परे, अनि भावुक वने । सिँचाई मन्त्रीको कर्मभूमी भएकाले उनी मन्त्री वनेपछि गृह जिल्लामा पहिलो पटक पाईला टेकेको हुनाले बर्दियाको भुमीलाई सडकमै घोप्टिएर दण्डवत गरेका थिए ।
मन्त्री सँञ्जय गौतमले बर्दियाको भूमी र जिल्लावासीले नै आफूलाई जिम्मेवार पदमा पु¥याएकाले बर्दियाको भूमीमा साष्टाङ्ग नमन गरेको बताएका छन् । मन्त्री गौतमको कर्मभूमी, मातृभूमीको झुकावले अहंकार त्याग्नु पर्छ भन्ने प्रेरणा दिएको स्थानीयहरुको वुझाई छ ।