'राष्ट्रिय गौरवका आयोजनामा नीतिगत समस्या'

'राष्ट्रिय गौरवका आयोजनामा नीतिगत समस्या'

बर्दिया: देशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुमा नीतिगत समस्या रहेको सिचाइँ मन्त्री संजय गौतमले बताएका छन्।

बाँकेको सिक्टा सिचाइँ आयोजना र बर्दियाको बबई सिचाइँ आयोजनाको स्थलगत निरीक्षण पश्चात गृह जिल्ला बर्दियामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गौतमले नेपालमा सञ्चालित साना ठूला सबै आयोजनाहरुमा नीतिगत समस्या रहेको बताएका हुन्।

कृषि प्रधान देश नेपालमा कृषिको मूल आधार नै सिचाइँ भएकाले देश सिचाइँको पर्याप्त उपलब्धता नभएसम्म कृषि उत्पादन बढाउन नसकिने उल्लेख गरे। उनले सरोकारवाला सबै मन्त्रालयहरुबीच समन्वयको अभाव रहेको समेत बताए। बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका लगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनिकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजना मार्फत अघि बढिने मन्त्री गौतमले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.