१५ दिनमा १२ जनाले गरे आत्महत्या

१५ दिनमा १२ जनाले गरे आत्महत्या

बनेपा : काभ्रे जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। समाजिक, आर्थिक, मानसिक लगायत विभिन्न कारणले आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लाे १५ दिनको अवधिमा १२ जनाले आत्महत्या गरेका छन्। प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेहरुमा साउन १ गते चैँरीदेउराली ५ स्थित आफ्नै घरमा १९ बर्षीया मनिषा चौलागाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। साउन ४ गते तेमाल ८ की ६२ बर्षीया नरकुमारी रायमाझी र बनेपा ६ बस्ने ६२ बर्षकी लम्बरी माया तामाङ झुण्डिएको अवस्थामा फेला परे।

६ गते बनेपा पुरानो बसपार्कस्थित गौतम भोजनालयमा एकै परिवारका चार जना मृत फेला परे। होटल सञ्चालन गर्दै आएका ३२ वर्षीय राजाराम दाहाल, उनका ६५ वर्षीय बाबु हरिभक्त, ६० बर्षीया आमा हरिमाया, २५ बर्षीया बहिनी रञ्जना होटलमा नै मृत भेटिए। साउन ११ गते धुलिखेल ८ बडालगाउँमा ३२ बर्षीय भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ बर्षीया मनिषा दाहाल रुखमा झुण्डिएको अवस्थामा फेला भेटिए।

११ गते बनेपा ६ कै २६ बर्षका दिवाकर परियारले झुण्डेर र पनौती १० की ५० बर्षीया साबित्री श्रेष्ठले बिष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। १४ गते धुलिखेल ५ मा १७ बर्षीया विन्दु तामाङलाई प्रहरीले झुण्डिरहेको अवस्था फेला पारेको थियो।

जिल्ला तथ्याकं कार्यालय काभ्रेले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार, जिल्लामा १० बर्षको अवधिमा ६ सय ९९ जनाले आत्महत्या गरेका छन्। सन् २००७ मा ३६, २००८ मा २०, २००९ मा ५७, २०१० मा ६१ र सन् २०११ मा ५३ जनाले आत्महत्या गरेका छन् । सन् २०१२ मा ८५, २०१३ मा ८४, २०१४ मा ९३, २०१५ मा ९० र सन् २०१६ मा १ सय २० जनाले आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख छ।

आत्महत्याको कारण एउटै नभएपनि कम उमेरमा विवाह गर्नु र परिवारमा बेमेल हुँदा धेरैले आत्महत्या गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल थापाले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.