आईजीपीको निर्णय दुई दिन टिकेन : दुई एसपीको सरुवा रोक्न दबाब

आईजीपीको निर्णय दुई दिन टिकेन : दुई एसपीको सरुवा रोक्न दबाब

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको निर्णय दुई दिन पनि टिक्न नसकेपछि उनी तनावमा परेका छन् । मंगलबार मात्रै ७० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा निकालेका अर्यालले बुधबार गृहमन्त्री जनार्दन शर्माले सरुवा सच्चाउन निर्देशन दिएका थिए ।

धनुषा जिल्लाका एसपी लालमणी आचार्यको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) की एसपी मीरा चौधरीलाई सरुवा गरिएको थियो । तर नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आपत्ति जनाएपछि चौधरीको सरुवा थामिएको हो ।

स्रोतका अनुसार निधिले प्रधानमन्त्री देउवालाई स्थानीय तहको दुई नम्बर प्रदेशको चुनाव अघि आफ्नो जिल्लाको एसपी नचलाईदिन अनुरोध गरेपछि देउवाले गृहमन्त्री जनार्दन शर्मालाई सरुवा सच्चाउन निर्देशन दिएका थिए ।

पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालले तत्कालीन उपप्रधान एवं गृहमन्त्री निधिको पहलमा गृह जिल्ला धनुषामा एसपी आचार्यको सरुवा गराएका थिए । महिला प्रहरीलाई कमाण्ड सम्हाल्न दिने चाहना रोकिएपछि प्रहरी महानिरिक्षक तनावमा छन् ।

चौधरीको सरुवा रोकिएपछि सामाजिक सञ्जालमा समेत खिल्ली उडाएका छन् पूर्व प्रहरी अधिकृतहरुले । पूर्व डीआईजी टपेन्द्रध्वज हमाल फेसबुकमा लेख्छन्,‘जानकी माताको मन्दिरमा महिलाहरुको प्रवेश ज्यादै कठिन भो त ।’

प्रहरी प्रवक्ता एसएसपी पुष्कर कार्कीले मंगलबारकै निर्णय यथावत रहेको जानकारी दिँदै थप निर्णय नभएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.