विदेशी मालिकको कुटाइबाट खुट्टा भाँचिएकी सीता परराष्ट्र मन्त्रालयमा

विदेशी मालिकको कुटाइबाट खुट्टा भाँचिएकी सीता परराष्ट्र मन्त्रालयमा

काठमाडौ : मालिकको कुटाई सहन नसकी कुवेतबाट भागेकी सीता तामाङ बुधवार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरवारमा पुगिन । पुगिन मात्रै होइन,आफूले पाएको यातनाको फेहरिस्त पनि सुनाइन सीताले । नुवाकोटको पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङ एक वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकी थिइन । ‘पुगेदेखि निरन्तर मालिकको कुटाइमा परे’सीताले परराष्ट्रमन्त्री महरालाई सुनाइन ‘मालिकको कुटाइ सहन नसकेर भाग्न खोज्दा खुट्टा भाँचियो ।’

खुट्टा भाँचिएपछि अस्पताल भर्ना भएको अवस्थामा पनि प्रहरीले लगेर १५ दिन हिरासतमा राखेको उनले बताइन । ‘त्यसपछि फेरी मालिकले लगेर मलाई पटक–पटक कुटियो र अन्य व्यक्तिकोमा श्रमका लागि बिक्री गरियो’ मन्त्री महरालाई सीताले सुनाइन ।

अन्ततः फोनबाट दूतावासको सम्पर्कमा पुग्न सफल भइन सीता । परराष्ट्रमन्त्री महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईँले दूतावासमा निरन्तर पहलमा गरेर सीतालाई नेपाल ल्याइएको हो । ‘महिला कामदारका लागि वैदेशिक रोजगार ठीक छैन’ सीताले भनिन । सीताका छोरा होमबहादुर तामाङले आफ्नो आमा एकल महिला भएकाले दलालले फकाएर लगेको बताए । उनले दलाललाई कारबाही गर्न मन्त्री महरासँग माग गरे ।

परराष्ट्र मन्त्रालयको पहलमा एक साता अघि पाँचथरकी रञ्जिता तमाङलाई ओमनबाट,मलेसियाबाट श्यामकुमार बोहोरा,सेरबहादुर नेपाली र रवीन्द्रकुमार यादवलाई उद्धार गरिएको स्वकीय सचिव चौलागाईले बताए । वैदेशिक रोजगारीको शिलशिलामा दुवइ पुगेका १५ नेपालीलाई पनि उद्धार गरी नेपाल फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कतारबाट नरबहादुर मगरको उद्धार गरिएको छ भने कार्यस्थलमा खटिएका नेपाली कामदारहरु गंगाराम कुँवर, हरि खत्री र वशन्त कुँवरको मृत्यु भएको छ । मृतकका आफन्तलाई एकमुष्ठ एक लाख ५९ हजार आठ सय ६० कतारी रियल क्षतिपूर्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालयको जानकारी भन्दा बाहिर भएका धेरै नेपालीले दःुख पाएको हुन सक्ने बताउँदै सबैको उद्धारमा पहल गर्ने विश्वास दिलाए । उनले भने ‘मैले सरकारी निकायको कार्यदल बनाएर समस्याको पहिचान गर्न लगाएको छु, त्यसको सुझाव अनुसार तीब्ररुपमा उद्धारको कार्य अगाडि बढाउँछौ ।’ मन्त्री महराले नेपालीका साझा सङ्गठनलाई पनि पहल गर्न आग्रह गरिएको पनि जानकारी गराए ।

राजदूतावास एवम् सरकार–सरकार बीचमा कुरा गरेर समस्याको समाधान गर्ने प्रयत्न गर्ने पनि मन्त्री महराले बताए । सरकारी भन्दा पनि भूमिगत रुपमा वैदेशिक रोजगारीमा गएका कारण पनि समस्या ठूलो बन्दै गएको महराले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.