२० लाख कुम्ल्याएर अध्यक्ष फरार
हुम्ला: सर्केगाड गाउँपालिका-१ का २६ वर्षीय तिलक रावत कर्णाली रोजगार कार्यक्रमको रु २० लाख लिएर फरार भएका छन्।
कर्णाली रोजगार कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष रहेका रावतले आव २०७३/०७४ को रु २० लाख लिएर फरार भएपछि उक्त उपभोक्ता समितिका सचिव लोकबहादुर सुनार,वडाअध्यक्ष गोकुल बुढा र वडासचिव अकिल बुम उजुरी लिएर जिल्ला समन्वय समितिमा आइपुगेका छन्।
उक्त रकम स्थानीय जनतालाई दिनुपर्नेमा रावत रकम कुम्ल्याएर फरार भएको बताइएको छ। रासस