स्याङ्जामा थप ६ जनामा स्वाइन फ्लु

स्याङ्जामा थप ६ जनामा स्वाइन फ्लु

पोखरा : साधारण भाषामा स्वाइन फ्लु भनिने ज्यानलेवा मौसमी रुगाखोकीका ६ जना बिरामी स्याङ्जामा भेटिएका छन्। वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका २० बिरामीको नमुना परीक्षण गर्दा ६ जनामा त्यस्तो समस्या देखिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंले बुधबार पठाएको रिपोर्टले ६ जनामा त्यस्तो समस्या देखिएको वालिङ प्राथमिक केन्द्रका प्रवक्ता देवेन्द्र भट्टराईले जानकारी दिए। उनीहरुमा एचवाएनवापीडीएमजिरो नामको भाइरस देखिएको उनले बताए। उपचारै सम्भव नभएको यस्तो रोगले यसअघि स्याङ्जामा २ र कास्कीमा १ जनाको ज्यान गइसकेको छ।

प्राथमिक स्वास्थ्य केन्द्रमा दिनमा सयजना बिरामी आइरहेकोमा आधा रुगाखोकी र ज्वरो आएको बिरामी रहेको जानकारी भट्टराईले दिए। ‘एकजना प्रतिष्ठित व्यक्तिको मृत्यु भइसकेको खबर फैलिएपछि बिरामी थुप्रिन थालेका छन्’, उनले भने, ‘निजी क्लिनिकमा झन् धेरै बिरामीको चाप छ।’

सिकिस्त जस्ता बिरामीलाई पोखरा पठाउने गरिएको र कतिपयलाई औषधि खाएर आराम गर्न भनेको उनले बताए। स्वाइन फ्लुका बिरामी बढेपछि स्वयंस्वास्थ्यकर्मी समेत त्रसित भएका छन्। आफूहरु सुरक्षित हुने गरी भ्याक्सिन, औषधी लगायत सामग्री उपलब्ध गराइदिन स्वास्थ्य विभागसँग प्रास्वाके अधिकारीहरुले माग गरेका छन्।

केही दिनअघि पोखरा मझेरीपाटनका एकजनाको काठमाडौं ग्रान्डी अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो। उपचार गर्दा गर्दै जटिल समस्या देखिएपछि रिफर भई उपचार गर्न ती बिरामीलाई गण्डकी शिक्षण अस्पताल पोखराले काठमाडौं रेफर गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.