नेमारमाथि आक्रमणमा उत्रिए असन्तुष्ट समर्थ

नेमारमाथि आक्रमणमा उत्रिए असन्तुष्ट समर्थ

बार्सिलोना : विश्वकीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) जाने लगभक पक्का गरिसकेका ब्राजिलियन स्ट्राइकर नेमारप्रति बार्सिलोनाका समर्थक क्रुद्ध बनेका छन् । तिनैमध्येका केही समर्थक नेमारमाथि आक्रमणमै उत्रिएका छन् । बार्सिलोनास्थित सोखो रात्रि क्लबमा पुगेका नेमारमाथि असन्तुष्ट देखिएका समर्थकहरू आक्रमणमा उत्रिएको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन्।

क्लबमा खटिएका सुरक्षा गार्डहरूले रोकेपछि मात्रै झगडा साम्य भएको थियो । आफूमाथि आक्रमण गर्ने प्रयास गरिरहेका समर्थकप्रति आक्रोशित देखिएका नेमारलाई सुरक्षा गार्डले नियन्त्रणमा लिइरहेको तस्बिर पनि सार्वजनिक भएका छन् । रातो हिपहप क्याप र स्लिभलेसमा रहेका नेमारलाई आफूमाथि आक्रमण गर्न आएका समर्थकतिर जानबाट सुरक्षाकर्मीले रोकिरहेको तस्बिर सार्वजनिक भएको छ । त्यस घटनाबारे थप तथ्य भने बाहिर आएको छैन ।

नेमार नयाँ सिजनअघि नै स्पेन छाडेर पेरिस पुग्दैछन् । उनले साथीभाइ र क्लबका पदाधिकारीसँग पनि बिदा लिइसकेका छन् । क्लबले समेत नेमार पीएसजी जाने पक्का गरिसकेको छ । बार्सिलोनाले नेमारलाई क्लबको नियमित अभ्यासबाट समेत बिदा दिइएको जनाएको छ । ‘नेमारले क्लब छाड्नेबारे ड्रेसिङ रुममा सबैलाई जानकारी गराइसकेका छन्', बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘क्लबका व्यवस्थापकले समेत उनलाई नियमित अभ्यासमा सहभागी हुनबाट छुट दिइसकेका छन् ।'

क्लबले जनाएअनुसार नेमार बुधबार बिहान पनि बार्सिलोनाको अभ्यास मैदान जोअन गाम्पर ट्रेनिङ कम्प्लेक्समा पुगेका थिए । यद्यपि उनले त्यहाँ अभ्यास गरेनन् । उनी अभ्यासस्थलमा पुगी सहकर्मीसँग बिदा भएर निस्किए । नेमार विश्वकीर्तिमानी रकम १९ करोड ६० लाख पाउन्डमा पीएसजी भित्रन लागेका हुन् । लामै समयदेखि नेमार पीएसजी जाने चर्चा चले पनि निश्चित नभएपछि बार्सिलोनाका अन्य खेलाडीले आफ्नो भविष्यबारे स्पष्ट पार्न उनीमाथि दबाब दिएका थिए ।

नेमार हालैको साता आफ्नो एक प्रायोजकको कार्यक्रममा देखिन चीन पनि पुगेका थिए । त्यहाँबाट स्पेन फर्कने क्रममा उनी दुबईसमेत पुगेका थिए । दुबईमा नै नेमारले पीएसजीका मालिक नसर अल खेलइफीसँग भेटी आफ्नो अनुबन्धको सम्झौता पक्का गरेका थिए । पीएसजीमा नेमारको साताको तलबमात्रै पाँच लाख पाउन्ड हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.