दाङलाई सिमेन्ट हब बनाउन प्रस्ताव

दाङलाई सिमेन्ट हब बनाउन प्रस्ताव

घोराही : औद्योगिक जिल्ला व्यवस्थापन लिमिटेडले दाङलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरी सिमेन्ट हब बनाउन प्रस्ताव गरेको छ । बुधबार घोराहीमा दाङ जिल्ला उद्योग वाणिज्य संघ र औद्योगिक जिल्ला व्यवस्थापन समिति लिमिटेडले गरेको औद्योगिक क्षेत्र स्थापना विषयक कार्यक्रममा लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले त्यस्तो प्रस्ताव गरेका हुन् ।

‘जिल्लामा औद्योगिक क्षेत्र स्थापना आवश्यक छ' उनले भने, ‘एक हजार बिघामा औद्योगिक क्षेत्र स्थापना गरौं, उद्योग स्थापना गरौं ।' ‘जिल्लामा ठुल्ठूला सिमेन्ट उद्योग स्थापना भई छरिएर सञ्चालनमा रहेको भन्दै भू उपयोगको नीति निर्माण गरी सोहीअनुसार औद्योगिक क्षेत्रभित्र ल्याएर एकीकृत गरी जिल्लालाई सिमेन्ट हबको रूपमा विकास गर्नुपर्छ', अध्यक्ष बस्नेतले भने । ‘लिमिटेडले सबै सम्भावना बोकेका स्थानमा औद्योगिक क्षेत्रको स्थापनाका लागि पहल गरिरहेका छ, अव स्थानीय जनप्रतिनिधिले स्थानीयकै सहभागितामा औद्योगिक क्षेत्र निर्माणतर्फ लाग्नुपर्छ', उनले भने, ‘व्यवस्थित उद्योगको विकासबिना आर्थिक समृद्धि हुन सक्दैन ।'

बस्नेतले दाङमा सिमेन्ट उद्योगको विकास भइरहेको भन्दै त्यसको व्यवस्थापन र राज्यको तर्फबाट हुने सहयोगलाई प्रभावकारी बनाइने बताए । दाङमा अहिले सिमेन्ट उद्योगमा मात्रै ४२ अर्ब बढी रकम निजी क्षेत्रबाट लगानी भएको छ । तीनवटा उद्योगले उत्पादन सुरु गरिसकेका छन् । घोराही सिमेन्टले लक्ष्मीपुरको गोग्लीमा उद्योग स्थापना गरेर सगरमाथा सिमेन्ट उत्पादन गरिरहेको छ । त्यसै गरी विजौरीको दूधरासमा सोनापुर सिमेन्टले उद्योग स्थापना गरेर सिमेन्ट उत्पादन गरिरहेको छ भने सतवरियामा सम्राट सिमेन्ट प्रालिले उत्पादन सुरु गरेको छ । जिल्लामा केही उद्योग उत्पादनको तयारीमा छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा रहेका सिमेन्ट उद्योगलाई व्यवस्थित गरी एकै स्थानमा सारेर सिमेन्ट हबको रूपमा विकास गर्न सकिने बस्नेतले बताए । ‘सिमेन्ट हब अहिले पनि छ', उनले भने, ‘तर छरिएका उद्योगलाई एकीकृत गरेर विशेष रूपमा लैजान सकिन्छ र हबको रूपमा विकास गर्न सकिन्छ ।'

दाङलाई औद्योगिक क्षेत्रको रूपमा पारित गरेलगतै डीपीआर गर्ने र डीपीआर गरेको दुई वर्षमा उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा दुई वर्ष अघिदेखि औद्योगिक क्षेत्रको विकासका लागि पहल भइरहको छ । साबिकको धर्ना गाविस वडा नम्बर १ र लक्ष्मीपुर गाविसको वडा नम्बर १ को तटीय क्षेत्रलाई समावेश गरेर औद्योगिक क्षेत्र बनाउने तयारी भएको छ । त्यो तयारीलाई लिमिटेडले प्रस्तावको रूपमा लगेको र केही समयमै पारित गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।

दाङलाई औद्योगिक क्षेत्रको रूपमा पारित गरेलगतै डीपीआर गर्ने उनले बताए । डीपीआर गरेको दुई वर्षमा उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गरी सक्ने दाबी गरे । ‘सुरु भएको दुई वर्षभित्रमा औद्योगिक क्षेत्र सञ्चालनमा आउँछ', उनले भने, ‘आवश्यक पूर्वाधारहरू दुई वर्षभित्र नै पूरा हुन्छ ।' उनले त्यसका लागि स्थानीय तह क्रियाशील हुनुपर्ने बताए ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले औद्योगिक क्षेत्रको प्रस्ताव नगर सभाबाट पास गर्ने र कार्यान्वयनमा लैजाने बताए । ‘औद्योगिक क्षेत्रको आवश्यक छ, त्यसमा के गर्नुपर्छ उपमहानगर त्यो गर्न तयार छ', उनले भने, ‘नगर सभा बस्दै छ, सभाबाटै त्यो विषय पारित गर्छौं ।' वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले संघले पहिलो प्राथामिकता दिएर औद्योगिक क्षेत्रमा लागेको भन्दै लिमिटेडदेखि मन्त्रालयसम्म डेलिकेसनसमेत गएको बताए । उनले जिल्लामा यो आवश्यक भएको बताए । जिल्लाका सरोकारवालाले विषयगत उद्योगको सही व्यवस्थापन गरेर लैजानु पर्ने बताएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.