नारायणगढ-मुग्लिनखण्डमा पहिरोले गाडी पुरियो, हिजोदेखि बाटो अवरुद्ध

नारायणगढ-मुग्लिनखण्डमा पहिरोले गाडी पुरियो, हिजोदेखि बाटो अवरुद्ध

चितवन : पहिरोका कारण नारायणगढ मुग्लिन सडक सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडक खण्डमा बुधवार साँझ पहिरो खस्दा दुई वटा सवारी साधन पुरिएका छन् । कालिखोला नजिक दुई किलो भन्ने स्थानमा पहिरो खस्दा रात्री बस र एउटा स्कार्पियो गाडी पहिरोले बगाएर सडक तल झारेको थियो । हिजो साँझ ७ बजेर ३५ मिनेट जाँदा पहिरो खसेको हो । काठमाडौंबाट इलाम जान लागेको ना ६ ख ७१२१ नम्बरको बस पहिरोले बगाउदा त्रिशुली नदिमा बेपत्ता भएको छ । नारायणघाट तर्फ जादै गरेको बसकै पछाडी रहेको बा १५ च ९३८१ नम्बरको स्कार्पियो जीप पनि बगाएको छ । घटनाबाट कुनै मानवीय क्षति नभएको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए । दुवै सवारी साधनमा रहेका यात्रु सकुशल रहेका छन् । पहिरो खस्न थालेपछि यात्रु भाग्न सफल भएका थिए ।

गाडी गुडिरहेको बेला पहिरो झर्न थालेपछि यात्रु ओर्लिएका थिए । बसमा चालक सहित १८ जना सवार थिए । त्यस्तै जिपमा चार जना सवार थिए । पहिरो खसेको खबर पाएपछि रातीनै नै घटनास्थल हिँडेको टोली बीचबाटै फर्किएको थियो । जलविरे नजिक पहाड माथिबाट ढुङ्गा झरेपछि टोली अगाडी जान नसकेको हो । एसपी थापा सहित शसस्त्र प्रहरी बल आँपटारीका प्रमुख एसपी श्याम कोईराला, जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी निरिक्षक सन्तोष पन्त फर्किएका हुन् ।

प्रहरीका अनुसार जीप ढुङ्गाले किचिएको अवस्थामा भिरमा अड्किएको छ । पहिरोको कारण बाटो अवरुद्ध भएको थियो । राति पहिरो खसेको कारण बाटो अवरुद्ध भएको एसपी दिपक थापाले बताए । पानी परेका कारण पहिरो हटाउन सकिएको छैन । ठुलो पहिरो भएको कारण हटाउन समय लाग्ने बताइएको छ । नौ किलोदेखि मुग्लिनसम्म सवारी साधन रोकिएका छन् । पहिरो छिटो सफा गरेर सवारी आवागनम सुचारु गर्ने एसपी थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.