आमासँगै सजाय भोग्दै नाबालिका

आमासँगै सजाय भोग्दै नाबालिका

सुर्खेत : चार वर्षीया सीमा विष्टले बाहिरी संसार देख्न नपाएको दुई वर्ष भयो । उनका तोते बोली, हँसिलो अनुहार र जिज्ञासु स्वभाव केवल काँडेतारले बारेको अग्लो पर्खालभित्रै सीमित छन् । तर जेलभित्र बस्नुपर्ने गल्ती उनले केही गरेकी होइनन् । तर पनि उनले जेलभित्रै न्याय खोजिरहेकी छन् ।

कालिकोटको नरहरिनाथ गाउँपालिका ८ की विष्ट विगत दुई वर्षदेखि जिल्ला कारागारभित्रै छन् । आमाले गरेको गल्तीका कारण उनले पनि कारागारभित्र सजाय भोगिरहेकी हुन् । आमासँगै जलेभित्र पुगेकी उनी बाहिर निस्कन पाएकी छैनन् । सँगै जन्मिएका उनका साथी नर्सरीमा पढ्ने भइसके । तर, निर्दोष सीमा भने जेलभित्रै न्यायको पर्खाइमा छिन् । कारागारका चार पर्खालभित्रै उनको बाल स्वभाव र जिज्ञासा खुम्चिइरहेका छन् ।

घरायसी विवाद हुँदा मिमसरा विष्टले दुई वर्षअघि पतिको हत्या गरिन् । हत्यापछि जिल्ला अदालतले मिमसरालाई सुनाएको कैद भुक्तान गर्न उनी दुई वर्षदेखि कारागारमा छन् । घरमा रेखदेख गर्ने कोही नभएको, बाबुको हत्या भएको र आमालाई पनि जेल सजाय भएपछि नाबालिका सीमा आमासँगै कारागारभित्र बस्दै आएकी छन् । अरू दुई सन्तानलाई छिमेकीले संरक्षण गरे पनि सीमा भने आमासँगै कारागारमा छन् ।


सँगै जन्मिएका साथी नर्सरी पढ्ने भइसके । तर, निर्दोष सीमा भने जेलभित्रै न्यायको पर्खाइमा छिन् ।

कारागारभित्रै भएका कारण पढाइको कुरा त परै जाओस्, सीमाले विद्यालय भर्ना हुने अवसर नै पाएकी छैनन् । घरमा हेरचाह गर्ने अभिाभावक नभएका कारण उनको भविष्य थप अन्योलमा परेको हो । कारागारभित्रको वातावरणका कारण सीमाको बाल मस्तिष्कमासमेत असर पुगेको छ । आमाले गरेको अपराधमा नाबालिका छोरीले जेलमा सजाय भोग्नुपरेका कारण उनमा मानसिक असर पर्न सक्ने बालमनोवैज्ञानिकहरू बताउँछन् ।

बालिकालाई संरक्षण गरिदिने अभिभावक नहुँदा समस्या भएको कारागारका निमित्त जेलर मोहनप्रसाद शर्माले बताए । ‘बाहिर पठाउँदा संरक्षण गरिदिने कोही छैन, तत्कालका लागि आमासँगै राख्नुपर्ने बाध्यता भयो', उनले भने, ‘कुनै संघसंस्थाले उद्धार गरिदिए हुन्थ्यो, बालिकाले शिक्षा त पाउने थिइन् । आमाको सजाय भुक्तान हुने समय धेरै छ, अब कहिलेसम्म नाबालिका जेलभित्र बस्ने ? ' सीमाको शिक्षाका लागि महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समितिमा समन्वय गरिने कारागारले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.