झापामा नौ सय सहकारी

झापामा नौ सय सहकारी

भद्रपुर: झापामा हाल ८९९ वटा सहकारी रहेका छन्। डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३/७४ मा ४० वटा सहकारी थपिकमा छन्।

दर्ता भएका सहकारीमा विभिन्न कारणले नौवटा खारेजमा परेका छन्। एकीकरणबाट छवटा सहकारी कम भएको डिभिजन सहकारी कार्यालयका प्रमुख दुर्गाप्रसाद न्यौपानेले बताए।

बचत तथा क्रृण लगानी गर्ने २९८ वटा सहकारीमा गत आवमा रु पाँच अर्ब २८ करोड ८७ लाख ९७ हजार बचत भएको थियो। जिल्लामा रु एक करोडदेखि रु पाँच करोडसम्म कारोबार गर्ने सहकारी १४६ र रु पाँच करोडदेखि रु ५० करोडसम्मको कारोबार गर्ने ४८ सहकारी छन्। रु ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारी चारवटा छन्।

रु ५० करोडभन्दा माथि कारोबार गर्ने सहकारीमा नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड मेचीनगर नगरपालिका, सहारा नेपाल बचत तथा क्रृण सहकारी संस्था लिमिटेड विर्तामोड, मेची सहकारी संस्था लिमिटेड दमक र सूर्य दर्शन बचत तथा क्रृण सहकारी संस्था लिमिटेड दमक छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.