कुटनीतिज्ञलाई गृहमन्त्रीको जवाफ : प्रतिनिधिसभा र प्रदेशको चुनाव मंसिर भित्र

कुटनीतिज्ञलाई गृहमन्त्रीको जवाफ : प्रतिनिधिसभा र प्रदेशको चुनाव मंसिर भित्र

काठमाडौ : गृहमन्त्री जनाद्र्धन शर्माले मंसिर भित्र प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गराउने योजना रहेको बताएका छन् । नेपालका लागि जापानी राजदूत मासासी ओगावालाई गृहमन्त्री शर्माले बिहिबार त्यस्तो जवाफ दिएका हुन ।

‘मौसमका कारण माघ ७ गते भन्दा पनि मंसिर भित्रै निर्वाचनहरु शान्तिपुर्ण तरिकाले सम्पन्न गर्ने योजना छ’ गृहमन्त्रालयमा बिहिबार भएको भेटमा गृहमन्त्री शर्माले राजदूत ओगावालाई भने । माघ ७ गते भित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउनु पर्ने संम्बैधानिक व्यवस्था छ ।
जापानी राजदुत ओगावाले निर्वाचनका क्रममा १३ वटा मतदान केन्द्रहरुमा अवलोकन कार्यमा सहयोग गरेको जानकारी गराउदैँ आगामी तेस्रो चरणको स्थानीय, प्रदेश र प्रतिनिधि सभाका निर्वाचन पनि शान्तिपुर्ण तरिकाले सम्पन्न गराउन सुझाव दिएका थिए ।


जापानी राजदुत ओगावाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गरेकोमा गृह मन्त्री शर्मालाई बधाई दिएका थिए ।
गृहमन्त्री शर्माले जापान सरकारले नेपालको आर्थिक विकासमा पु¥याएको योगदानको प्रसंसा गरेका थिए । गृहमन्त्री शर्माले जापान सरकारले नेपालमा विपद व्यवस्थापनमा गरेको उल्लेख्य सहयोगको उल्लेख गर्दै छिट्टै सो कार्यका लागि स्वयमसेवकहरु पनि तयार गर्ने जानकारी गराए ।
अब उद्धार कार्यमा स्थानीय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताउदै गृहमन्त्री शर्माले त्यसमा पनि जापान सरकारले सहयोगी हात बढाउने अपेक्षा गरेको बताए ।
लुम्बिनीमा एउटा अन्तराष्ट्रिय विमानस्थल बनाएर जापानका बौद्ध धर्मावलम्बीहरुलाई आवागमन झनै सहज बनाउने सोच रहेको गृहमन्त्री शर्माले बताए ।
राजदुत ओगावाले नेपालमा जापानी कुटनितिज्ञ र जाइकाका कर्मचारी ढुक्ककासाथ बसेको र भविष्यमा पनि उनीहरुका लागि यस्तै सुरक्षा अवस्थाको अपेक्षा गरेको बताए । यस विषयका मन्त्री शर्माले नेपालले पाहुनाहरुको सुरक्षाका विषयमा विश्वस्थ रहन् आग्रह गर्दै, थप सुरक्षा आवश्यक परे त्यसको पनि व्यवस्था गर्ने बताए । जापानी राजदुतले बर्षेनी करिब २० हजार जापानी पर्यटहरु भ्रमणका लागि नेपाल आउने गरेको जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.