भक्तपुरमा खोलाले बगाउँदा महिलाको मृत्यु

भक्तपुरमा खोलाले बगाउँदा महिलाको मृत्यु

भक्तपुर : खोलाले बगाउँदा भक्तपुरको सूर्यविनायक नगरपालिका ७ मा बिहीबार एक महिलाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय ठाडो खोला तर्ने क्रममा खोलाले बगाउँदा सूर्यविनायक नपा ४ खड्का गाउँ दधिकोट बस्ने ५६ वर्षीया सत्यावती खड्काको ज्यान गएको हो । धान खेत हेरेर घर फर्कन गोकुलघाटबाट खोला तर्ने क्रममा खड्कालाई बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

उनका अनुसार खड्काका लास खोलाले बगाएको ठाउँको करिब एकसय मिटर तल कल्भर्टमा भेटिएको थियो । बिहीबार दिउँसो परेको भीषण वर्षा भएको थियो। सोही वर्षाको कारण खोलाको बहाव तीव्र रहेकाले खड्काले तर्न नसक्दा उल्टै बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.