बबई र नारायणी नदीको बाढीले जोखिम बढायो
काठमाडौँ: बिहीबार विहानैदेखि लगातार परेको पानीले बबई र नारायणी नदीमा बाढीको उच्चजोखिम बढेको छ।
ववाई नदिको रानीजरुवा क्षेत्रमा पानीको वहाव २४ घण्टामा एक सय ४७ मिलिलिटर र नारायणी नदीसँग जोडिएको रिउखोला बङकतामा पनि एक सय ५८ मिलिलिटर पानी परे पछि खतराको तह नाघेको हो।
पानीको वहाव खतारको तह नाघेको पछि त्यस क्षेत्रमा सतर्क रहन सूचना गरिएको छ।यो समयकै सबै भन्दा बढी पानीको वहाव बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहिबार पश्चिम राप्तीको कुसुम क्षेत्रमा ८०, नारायणी मोदी एक सय चार, नारायणी गोविन्दवस्ती क्षेत्रमा एक सय १४ मिलिलिटर पानी परेको छ।
महाशाखाले स्यटलाइट मार्फत बर्षादको प्रत्यक्ष अवलोकन गरी ठूला नदीमा वाढीको रिपोर्ट लिने गरेको छ।