एमालेले तोक्यो समन्वय समितिका उम्मेदवार
दाङ : नेकपा एमालेले दाङ जिल्ला समन्वय समितिका लागि उम्मेद्वार टुंगो लगाएको छ । एमालेको विहिवारको स्थायी कमिटि बैठकले समन्वय समिति दाङको प्रमुखमा पार्टिको तर्फवाट जितेन्द्रमान नेपालीलाई तोकेको छ । उप प्रमुख भने गठबन्धनको लागि छोडिएको छ ।
स्थायी समितिको वैठकले समन्वय समितिको प्रमुखमा पार्टिको तर्फवाट नेपालीलाई उठाउने निर्णय गरेको एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले जानकारी दिए । त्यस्तै पोख्रेलका अनुसार दाङ सहीत रुपन्देहीको प्रमुखमा एकराज विश्वकर्मा, प्युठानमा नेहर सिं केसी, वांँकेको उपप्रमुखमा अतिउल्लाह खां, संखुवासभाको प्रमुखमा सुमन शाक्य, उपप्रमुखमा अम्विका खवासलाई उम्मेद्वारको टुंगो लगाएको छ ।