सिलवालको मुद्दा हेर्दाहेर्दैमा, साउन २६ मा सुनुवाइ

सिलवालको मुद्दा हेर्दाहेर्दैमा, साउन २६ मा सुनुवाइ

काठमाडौँ: प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि अर्को सुनुवाइ यही साउन २६ गतेका लागि तोकिएको छ।

निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, बाबुराम कुँवर, अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गरेका थिए भने सरकारको तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, नायव महान्याधिवक्ता दुर्गाबन्दु पोखरेल, किरण पौडेल, सहन्यायाधिवक्ता संजीवराज रेग्मी, लोकराज पराजुली र रेवतीराज त्रिपाठीले बहस गरेका थिए।

इजलासमा नै प्रहरी महानिरीक्षक प्रकाश अर्याल र प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दको चार वर्षको कार्यसम्पादन र मूल्यांकनको विधिविज्ञान जाँच गर्दाको प्रमाण पनि प्रस्तुत गरिएको थियो।

यसअघि सिलवालको मुद्दा असार २२ गतेबाट आजका लागि तोकिएको थियो। प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दिएको थियो।

अदालतको उक्त निर्णयलाई कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो। सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो।

सिलवालले वरियता क्रममा आफू एक नम्बरमा रहेको र चार वर्षको कार्य सम्पादन एंव मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनःअदालतमा निवेदन दिएको थियो। त्यसमा अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.