तिब्बतको सीमा हिल्सामा हेलिप्याड निर्माण गर्ने निर्णय
सिमकोट : नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित हुम्ला जिल्ला समन्वय समितिले आन्तरिक तथा बाह्य पर्यटकको हवाई आवागमनका लागि हुम्ला र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतको सिमा हिल्सामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको छ ।
जनप्रतिनिधि बिहिनताको अवस्थामा भएको अनियमिताको लेखा जोखा गर्दै जिल्लाको समृद्धीका लागि कर्मचारीतन्त्रलाई सँगै लिएर हिडने निर्णय गरिएको उपसंयोजक खगेन्द्र कार्कीले बताए । संविधानमा उल्लेख भए अनुसार बैठकले जिल्लाका सात वटै गाउँपालिकासँग समन्वय र आवश्यक परे प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको कार्कीले बताए ।
२० वर्षपछि निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीले साविकको जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समिति मार्फत हुने भ्रष्टाचार नियन्त्रण प्रति सुन्य सहनसिलता अपनाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पद तथा गोपनियताको सपथसँगै जिल्ला समन्वय समितिमा आप्mनो पदभार ग्रहण गरेका छन् ।
पहिलो पटक बसेको समन्वय समितिको बैठकले जिल्लामा लगानी भन्दा प्रतिफल निकै कम भएको ठहर गर्दै आप्mनो कार्यकालमा भ्रष्टाचार नियन्त्रणलाई प्रस्थान विन्दुका रुपमा लिने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै संयोजक दानबहादुर रावतले आप्mनो पाँचवर्षे कार्यकालमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन र जवाफदेही बनाउने निर्णय गरेको बताए ।
जिल्ला समन्वय समिति हुम्लाको निर्वाचनबाट एमाले–माओवादी गठबन्धनका दानबहादुर रावत नेतृत्वको समूह निर्वाचित भएको छ ।
जिल्ला समन्वय समितिमामा रहेको मूख्य निर्वाचनको कार्यालयमा भएको मतदानमा एमाले–माओवादी गठबन्धनका तर्फबाट संयोजकमा माओवादी केन्द्रका दानबहादुर रावत, उपप्रमूखमा नेकपा एमालेका खगेन्द्र कार्की निर्वाचित भएको मूख्य निर्वाचन अधिकृत दिलनाथ रेग्मीले जानकारी दिए । १४ मतभएको जिल्ला समन्वय समितिको निर्वाचनमा रावत र कार्कीले १० १० मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी नेपाली कंग्रेसको तर्फबाट संयोजकका उम्मेरदार तक्दीर लामा र उप–प्रमूखका उम्मेरदार सुना बुढाले ४ ४ मत प्राप्त गरेका छन् ।
समन्य समितिको सदस्यमा गठबन्धनका तर्फबाट एमाले उ्म्मेरदार जशु परियार, छेजुम लामा, अजवीर शाही र मोआवादी केन्द्रकातर्फबाट कोतन्बा लामा, दानसिंह दमाई र जीवन रावत निर्वाचित भएका छन् ।