स्वाइन फ्लुले ६ जनाको ज्यान लियो

स्वाइन फ्लुले ६ जनाको ज्यान लियो

पोखरा : साधारण भाषामा स्वाइन फ्लु भनिने ज्यानलेवा मौसमी रुगाखोकीले पोखराका ३ जनाले ज्यान गुमाएका छन्। देशैभरि भने ६ जनाको मृत्यु भइसकेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालका अनुसार काठमाडौंमा उपचार गराइरहेका पोखराका १ महिला र १ पुरुषको बुधबार ग्रान्डी र ग्रिन सिटी अस्पतालमा मृत्यु भएको हो। उनीहरु पोखरा-१५ र १७ का ३६ र २९ वर्षका महिला र पुरुष हुन्। उनीहरुको नाम सार्वजनिक गरिएको छैन। केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले उनीहरुको मृत्युको कारण एचआवएनवान भाइरस पुष्टि गरेको जानकारी बरालले अन्नपूर्णलाई दिए। यसअघि पोखरा १४ की एक महिलाले पनि ग्रान्डी अस्पतालमा ज्यान गुमाएकी थिइन्।

अहिलेसम्म स्याङ्जा, काठमाडौं, ललितपुरका १÷१ जनाको पनि ज्यान गइसकेको बरालले बताए। ‘६ जनाको ज्यान जाँदा ३ जना पोखराका भएकाले हामी उच्च जोखिममा देखियौं,’ उनले भने, ‘यहाँ धेरै नै सतर्कता अपनाउनुपर्ने देखिएको छ।’

पोखराका सरकारी र निजी अस्पतालमा आएका रुगाखोकी र ज्वरोका बिरामीमा पनि स्वाइनफ्लुका लक्षण देखिएको तर परीक्षण नगरिएको हुँदा पुष्टि नभएको बरालले सुनाए। ‘परीक्षण पनि नेपालमा जम्मा ३ ठाउँमा मात्रै हुन्छ,’ उनले भने। सयौंको संख्यामा पोखराका अस्पतालमा रुगाखोकी र ज्वरोका बिरामी आइरहेको बरालले बताए।

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका २० बिरामीको नमुना परीक्षण गर्दा ६ जनामा स्वाइनफ्लु पुष्टि भएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंले बुधबार पठाएको रिपोर्टले ६ जनामा त्यस्तो समस्या देखिएको वालिङ प्राथमिक केन्द्रका प्रवक्ता देवेन्द्र भट्टराईले जानकारी दिए। उनीहरुमा एचवाएनवापीडीएमजिरो नामको भाइरस देखिएको उनले बताए। उपचारै सम्भव नभएको यस्तो रोगले यसअघि स्याङ्जामा २ र कास्कीमा १ जनाको ज्यान गइसकेको छ।

प्राथमिक स्वास्थ्य केन्द्रमा दिनमा सयजना बिरामी आइरहेकोमा आधा रुगाखोकी र ज्वरो आएको बिरामी रहेको जानकारी भट्टराईले दिए। ‘एकजना प्रतिष्ठित व्यक्तिको मृत्यु भइसकेको खबर फैलिएपछि बिरामी थुप्रिन थालेका छन्’, उनले भने, ‘निजी क्लिनिकमा झन् धेरै बिरामीको चाप छ।’

सिकिस्त जस्ता बिरामीलाई पोखरा पठाउने गरिएको र कतिपयलाई औषधि खाएर आराम गर्न भनेको उनले बताए। स्वाइन फ्लुका बिरामी बढेपछि स्वयंस्वास्थ्यकर्मी समेत त्रसित भएका छन्। आफूहरु सुरक्षित हुने गरी भ्याक्सिन, औषधी लगायत सामग्री उपलब्ध गराइदिन स्वास्थ्य विभागसँग प्रास्वाके अधिकारीहरुले माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.