रूसविरुद्ध ट्रम्पले गरे हस्ताक्षर

रूसविरुद्ध ट्रम्पले गरे हस्ताक्षर

वासिङटन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्धको प्रतिबन्ध लागू गर्ने विधेयकमा बुधबार हस्ताक्षर गरेका छन् ।राष्ट्रपति ट्रम्पले क्यामेरा प्रवेश निषेध गरिएको बन्द कक्षमा हस्ताक्षर गरिएको ह्वाइट हाउसका कर्मचारीले बताएका छन् । यसरी उनले आफ्नो भिटोविरुद्ध कंग्रेसबाट हुनसक्ने सम्भावित कदम टार्न यस्तो गरेको बताइएको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हस्तक्षेप गरेको र क्रिमियालाई आफूमा विलय गराएको भन्दै रूसविरुद्ध यस्ता कदम चालिँदै आएका छन्।

आफ्नो देशमा कार्यरत अमेरिकी कूटनीतिज्ञको संख्या घटाउन भनेपछि अमेरिकाले रूसी प्रतिबन्धमाथि समीक्षा गरेको हो । गत साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग लामो समयसम्म पनि सम्बन्ध सुधार हुन कठिन हुने बताएका थिए ।

विधेयकमा ट्रम्पले हस्ताक्षर गरेलगत्तै रूसले आक्रोश व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपतिको कदम ‘व्यापार युद्ध’ भएको बताउँदै रूसले ट्रम्प प्रशासन शक्तिहीन भएको भन्दै आलोचना गरेको छ । अमेरिकी कदमबाट रूसलाई कुनै फरक नपर्ने क्रेमलिनले स्पष्ट पारेको छ । रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले अमेरिकी प्रशासनसँग सम्बन्ध सुधारको कुनै सम्भावना नरहेको बताएका छन् । उनले यसलाई ’खतरनाक’ र ’सानो सोच’ बताएका छन् । प्रतिबन्धले विश्वमा अस्थिरता उत्पन्न हुनसक्ने र त्यसको लागि अमेरिका जिम्मेवार भएको क्रेमलिनको दाबी छ । कुनै पनि धम्की दबाबबाट रूस पछि नहट्ने मेदभेदेभले चेतथावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रिय सुरक्षा सहयोगी एजरा कोहेनलाई बर्खास्त गरेको जानकारी दिएको छ । उनको कामको प्रशंसा गर्दै नयाँ व्यक्ति आवश्यक भएको बताइएको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.