अन्ततः बार्सिलोना छाडे नेइमारले

 अन्ततः बार्सिलोना छाडे नेइमारले

एजेन्सी : ब्राजिलियन फुटबल स्टार नेइमार स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका छन् । कीर्तिमानी रकममा पीएसजीमा आबद्ध भएका नेइमार २२ करोड २० लाख युरोमामा पीएजी गएका हुन् ।


बिहीबार साँझ नेइमार र पीएजीका प्रतिनिधिबीच भएको हो । नेइमारसँग पाँच वर्षका लागि सम्झैता गरिएको छ । पीएजीमा आबद्ध भएपछि उनले आफू युरोपको एक महत्वकांक्षी क्लबमा आएको र आजैदेखि चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । उनले अब पिएसजीबाट प्रतिवर्ष ४५ मिलियन युरो आम्दानी गर्नेछन् भने प्रतिहप्ता ८ लाख ६५ हजार युरो प्राप्त गर्नछन् ।

बार्सिलोनामा आबद्ध भएको चार वर्षमा नेइमारले बार्सिलोनाका लागि एक च्यापियनसिप लिग, दुई लालिगा, तीन कोपा डेल रे, एक फिफा क्लब विश्वकप र एक स्पेनिस सुपर कपको उपाधि दिलाउन भूमिका खेलेका छन् । सबै प्रतियोगितामा गरी उनले बार्सिलोनाका तर्फबाट १०५ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.