सम्बोधन हुँदैनन् सेवाग्राहीका समस्या

सम्बोधन हुँदैनन् सेवाग्राहीका समस्या

काठमाडौं : सरकारले सर्वसाधारणलाई पुर्‍याइरहेको सेवा-सुविधाप्रति सेवाग्राहीका सन्तुष्टिबारे सामान्य प्रशासन मन्त्रालयले जिल्ला-जिल्लामै पुगेर गुनासा सुन्ने गरे पनि समस्या भने ज्यूँका त्यूँ छन् । मन्त्रालयले ०६५÷६६ देखि नियमित रूपमा सेवाग्राहीका सन्तुष्टिबारे सर्वेक्षण गर्ने जिम्मेवारी पाइरहेको छ । सेवाग्राही सन्तुष्टि सर्वेक्षण निर्देशिका २०६८ बमोजिम सर्वेक्षण गरेर मन्त्रालयले त्यसक्रममा प्राप्त समस्या र असन्तुष्टिबारे प्रतिवेदन बनाएर मन्त्रिपरिषद्मा पेस गर्ने गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुप्रभा ढुंगेलका अनुसार ०७३÷७४ मा ताप्लेजुङ, डडेलधुरा, नवलपरासी, रामेछाप, रोल्पा र धादिङमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा सरकारी कामको प्रक्रिया लामो हुँदा अनावश्यक सास्ती खेप्नुपरेको, कामको चापको अनुपातमा कर्मचारी पर्याप्त नभएको, कार्यालय अपांगमैत्री र लैंगिकमैत्री नभएको तथा कतिपय ठाउँमा गुनासो लिने गरे पनि त्यसको उचित समयमा सम्बोधन नभएको पाइएको थियो । मन्त्रालयले यी जिल्लाबाट संकलन गरेको विवरणलाई नै अन्तिम रिपोर्ट तयार गरी साउन अन्तिम साता मन्त्रिपरिषद्मा बुझाउने तयारी गरिरहेको छ ।

सामान्य प्रशासन मन्त्रालयले यसअघि पनि सेवाग्राहीको सन्तुष्टिबारे सर्वेक्षण गरेको थियो । त्यस आधारमा सेवाग्राहीको मागअनुरूप सरकारले दुई सिफ्टमा कार्यालय सञ्चालन तथा क्षतिपूर्तिसहितको नागरिक बडापत्रको अवधारणा, कागजरहित प्रशासनका साथै छरितो र चुस्त कार्य प्रणालीलाई जोड दिने कार्यक्रम अगाडि बढाउन खोजे पनि प्रभावकारी हुन सकेको छैन ।

सेवाग्राहीलाई सुविधा दिन यस्ता कार्यक्रम सुरु गरिए पनि स्रोतको उचित प्रबन्ध नहुँदा प्रभावकारी नबनेको सामान्य प्रशासन मन्त्रालयकी उपसचिव सुप्रभा ढुंगेल बताउँछिन् । सर्वेक्षण क्रममा देखिएका कमजोरी सुधारका लागि सम्बन्धित कार्यालयलाई लेखी पठाउने र ती कार्यालयले सुधार भएको विवरण मन्त्रालयलाई पठाउने गरे पनि जनशक्ति र बजेट अभावले कार्यस्थलमै पुगेर ‘फलो' गर्न नसकिएको उनले जानकारी दिइन् ।


सेवाग्राहीका गुनासा सम्बोधन गर्न सुरु गरिएका कार्यक्रम स्रोतको उचित प्रबन्ध नहुँदा प्रभावकारी बन्न सकेका छैनन् ।

‘सबै जिल्लामा गर्नुपर्ने हो तर बजेट र समय दुवैको अपर्याप्तताका कारण हरेक वर्ष नमुनाका रूपमा जिल्ला छनोट गरी सर्वेक्षण लिने गरेका छौं', उनले भनिन् । नमुना सर्र्वेक्षण क्रममा सेवाग्राहीमा सचेतना नहुँदा पीडित भए पनि गुनासो नगर्ने गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । निर्देशिकामा रहेको सेवाग्राही सर्वेक्षण प्रश्नावलीमै पनि सुधार गर्नुपर्ने ढुंगेल बताउँछिन् ।

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा अनुगमनका लागि जनशक्ति र बजेट अभाव तथा बाध्यकारी कारबाहीको व्यवस्था नभएकाले समस्या देखिएको बताउँछन् । सुशासन, जवाफदेहिता तथा काममा चुस्तता कायम गर्न सरकारले सेवा प्रवाहको अवस्थाबारे प्रभावकारी अनुगमन र मूल्यांकन गरी कमजोरी गर्नेलाई कारबाही गर्नुपर्ने सचिव सापकोटाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.