पहिरोले एकको मृत्यु, चार वेपत्ता

पहिरोले एकको मृत्यु, चार वेपत्ता

बागलुङ : जिल्लाको दुर्गम पश्चिम अधिकारीचौर र देविस्थानमा शुक्रकार बिहान गएको पहिरोले दुई घर पुरिँदा एक जनाको ज्यान गएको छ भने चार जना वेपत्ता भएका छन् ।

ढोरपाटन नगरपालिका-५ पाखापानी (साविकको अधिकारीचौर गाविस) का ५३ वर्षीय ओमप्रकाश विकको घरमाथिबाट आएकाले पहिराले घर पुरिँदा विकको ज्यान गएको हो । सोही घरमा बस्दै आएका विकका श्रीमतीसहित तीन जना छोरीको भने स्थानीयले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, निसीखोला गाउँपालिका २ बाउनगाउँ (साविकको देविस्थान गाविस) का मनमाया छन्त्यालको घर पहिरो बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएका छन् । सोही स्थानका ६८ वर्षीय मनिराम छन्त्याल, उनका ६३ वर्षीया नन्दकली छन्त्याल, बुहारी २२ वर्षीय बिन्दु छन्त्याल र १८ वर्षीय छोरी गिता छन्त्याल बेपत्ता भएको स्थानीयले बताएका छन् ।

पहिरोमा पुरिएका उनीहरुको इलाका प्रहरी कार्यालय झिवाखोलाबाट गएको प्रहरी टोली र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.