भक्तपुरमा भेटियो दुर्लभ सालक

भक्तपुरमा भेटियो दुर्लभ सालक

भक्तपुर : दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक भक्तपुरमा फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक बुधबार राति सूर्यविनायक नगरपालिका–६, पान्डो बजार हाइटमा फेला परेको हो । स्थानीयले फेला पारेको सालक बुधबार राति नै प्रहरीलाई बुझाइएको थियो । प्रहरीले इलाका वन कार्यालय सूर्यविनायकको जिम्मा लगाएको सालक उसले जिल्ला वन कार्यालय भक्तपुर बुझाएको थियो । जिल्ला वनले बिहीबार सालक सूर्यविनायक–८, सिपाडोलस्थित तौडोल छाप सामुदायिक वनमा छाडेको छ । सालक वयस्क पोथी रहेको इलाका वन कार्यालय सूर्यविनायकका फरेस्टर जयराम न्यौपानेले जानकारी दिए ।

BKT-Salak-3

उक्त सामुदायिक वन जिल्लाकै एक मात्र सालक संरक्षित क्षेत्र हो । बिहीबार छाडिएको सालक नवौं रहेको वनका अध्यक्ष महेश्वर बोहोराले जानकारी दिए । उनका अनुसार दुई वर्षअघि सल्लाघारीमा भेटिएको सालक पनि सामुदायिक वनमा छाडिएको थियो । उनले वन क्षेत्रमा मात्रै करिब ५० वटाको हाराहारीमा सालक रहेको जानकारी ीदए । ‘वनमा जताततै सालकका दूला छन्’, अध्यक्ष बोहोराले भने, ‘अहिलेसम्म ५० वटाको हाराहारीमा सालक रहेको अनुमान गरेका छौं ।’ उनले आफूहरूले सालक संरक्षणका लागि वन क्षेत्र नै छुट्याएको बताए ।

लामो समयदेखि सालकसम्बन्धी अनुसन्धान गर्दै आएकी तुलसीलक्ष्मी सुवालले सालक दिनभर सुत्ने र खानाका लागि राति मात्रै दूलाबाट बाहिर आउने बताइन् । उनले बुधबार पनि खाना र पानीको खोजीमा राति निस्केको सालक स्थानीयले फेला पारेको हुन सक्ने अनुमान लगाइन् । ‘सालक दिनभर सुत्छ र राति खाना तथा पानीका लागि दूलाबाट बाहिर आउँछ’, उनले भनिन् ।

BKT-Salak-2

उनका अनुसार सालक उत्तर मोहोडाको सेपिलो र भिरालो जंगलमा बढी पाइन्छ । जसअनुसार सूर्यविनायक वनको पूर्व–पश्चिम फैलिएको उत्तर मोहोडाको जंगलमा सालक पाइएको अनसुन्धानमा देखिएको उनले बताइन् । उनले सालक दुर्लभ वन्यजन्तु भएकाले संरक्षित क्षेत्र घोषणा गरी दीर्घकालीन संरक्षणको उपाय अपनाउन सरकारसँग माग गरिन् ।

बिहीबार इलाका वन कार्यालयका फरेस्टरद्वय जयराम न्यौपाने र केदार नेपालका साथमा सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोरा, तौडोल छाप सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महेश्वर बोहोरा, पूर्वअध्यक्ष दीपेन्द्र थापा, कोषाध्यक्ष सञ्जीव थापा र सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज बखुन्छेसँगै स्थानीय सञ्चारकर्मीको रोहवरमा सालक वनमा छोडिएको थियो ।

BKT-Salak-1_1

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.