एसीसीएमा विश्व प्रथम विद्यार्थी ब्रिटिस कलेजबाट

एसीसीएमा विश्व प्रथम विद्यार्थी ब्रिटिस कलेजबाट

काठमाडौं : द ब्रिटिस कलेजकी रेजिका महर्जन सन् २०१७ जुनमा भएको पी-३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा विश्व प्रथम भएकी छिन् । यसभन्दा पहिलेको स्किल लेभल परीक्षामा नेपाल प्रथम भइसकेकी महर्जनले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हासिल गरेकी हुन् । यसअघि एसीसीएको कुनै पनि मोडुलमा नेपालले विश्वकै प्रथम स्थान प्राप्त गरेको थिएन ।

एसीसीए एक व्यावसायिक शैक्षिक योग्यता हो जुन एक सय ८० देशमा प्रदान गरिन्छ । एसीसीएले विद्यार्थीलाई एकाउन्टिङ र फाइनान्स करिअरको लागि तयार गर्छ जुन विश्वव्यापी मान्यता प्राप्त छ । यो कोर्स अन्य शैक्षिक योग्यताभन्दा भिन्न छ । यो कोर्सको परीक्षामा विद्यार्थी आफैंले चार परीक्षा पिरियड छान्न सक्छन् जसले उनीहरूको कोर्स मूल्यांकन गर्छ ।

एसीसीएको खुला प्रवेश नीतिले यसको अध्ययन गर्न कुनै ट्रेनिङ सम्झौता र कार्यानुभव चाहिँदैन । द ब्रिटिस कलेजले ‘एकाउन्टिङ एन्ड बिजनेस' र ‘एडभान्स्ड डिप्लोमा इन एकाउन्टिङ एन्ड बिजनेस' को साथमा अक्सफोर्ड ब्रुक्स युनिभर्सिटी बेलायतबाट ‘बिएस्सी इन एप्लाइड एकाउन्टिङ' पूरा गर्ने सुविधा उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.