पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शपथ लियो

पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शपथ लियो

इस्लामावाद: पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शुक्रबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएको हो। पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उनको मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार शपथ लिएका छन्।

खक्वानी तीनदिन अघिमात्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। उनले ४६ सदस्यीय मन्त्रिमण्डल गठन गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

सोही मन्त्रिमण्डलले शुक्रबार राजधानी इस्लामावादमा पाकिस्तानी राष्ट्रपति ममनुन हुसेनसँग आफ्नो पद तथा गोपनीयताको शपथ लिएको पाकिस्तानी सरकारी टेलिभिजन, पिटीभीले जानकारी दिएको छ।

पाकिस्तानको सर्वोच्च अदालतले गएको शुक्रबार प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि उनले राजिनामा दिएका थिए।

यद्यपी यस भ्रष्टाचारको विषयमा यहाँको न्यायिक निकायले अनुसन्धान भने जारी नै राखेका बताइएको छ। पूर्व प्रधानमन्त्री सरिफलाई अदालतले प्रारम्भिक रुपमा भने दोषी ठहराएको हो।

त्यसपछि गत मङ्गलबार पाकिस्तानी संसदले खक्वानीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो। तर आज सो मन्त्रिपरिषदका ४३ जनामात्र सदस्यले शपथ ग्रहण गरेको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.