नदी कटानको उच्च जोखिममा बिद्यालय

नदी कटानको उच्च जोखिममा बिद्यालय

डोटी : डोटीको शिखर नगरपालिका-१० बानेडुग्रीसैनमा रहेको सिद्धेश्वर उच्च माध्यामिक बिद्यालयका शिक्षक र बिद्यार्थीहरुलाई बर्षातकाे समयमा बिद्यालयमा बस्नै डर लाग्छ। शिक्षक मानबहादुर रोकाया बिद्यालयको छात्रबासमा बस्ने गर्दछन्। उनले भने- ‘पानी पर्दा एकदम डर लाग्छ, कतिखेर के हुन्छ भन्ने पीरले बिद्यार्थी लगायत सरहरुलाई समेत पिरोलिरहेको हुन्छ।'

सेती नदीको किनारमै रहेका उक्त विद्यालय बर्षेनी नदीले कटान गर्दै आएको छ। नदीको धार विद्यालयको कम्पाउण्ड नजिकै पुगेको छ। जसले गर्दा बर्षात्का बेला विद्यार्थी र शिक्षक मात्रै होइन, अभिभावकलाई समेत चिन्ता हुने गरेको छ। विद्यालय नदी कटानले गर्दा उच्च जोखिममा छ। 

कक्षा ८ मा अध्ययनरत छात्र रमेश धामी नदीमा पानीको सतह बढ्दा आत्तिने गरेको बताउँछन्। विगतका बर्षहरुमा समेत बर्षात्को समयमा नदीमा आएको बाढी बिद्यालय भित्र नै पुग्ने गरेको उनी बताउँछन्। उनले भने, ‘नदीमा जति पानी बढ्यो त्यति नै डर लाग्ने गर्दछ।'

उनी जस्तै सोही कक्षाका १५ वर्षीय महेश सार्की पनि नदीमा पानीको सतह बढेपछि डर लाग्ने गरेको अनुभव सुनाउँछन्। ‘बिद्यालयको पर्खालसंगै नदी जोडिएको छ' महेश भन्छन् ‘कुन दिन नदी बिद्यालयमा पस्छ र बिद्यालयनै बगाउँछन भन्ने चिन्ता लागिरहन्छ।'

बिद्यालय हातासंगै बगेर जाने सेती नदीले बर्षेनी कटान गर्दै आएपछि बिद्यालय जोखिममा पर्दै गएको हो। ‘अहिले लगातार पानी परिरहने भएकाले नदीमा समेत पानीको सतह बढेको छ', बिद्यालयका प्राचार्य महेश भट्टले भने, ‘कुन दिन हामीहरु सबैलाई बगाएर लैजान्छ।' विद्यालय संरक्षणका लागि नदी किनारामा तटबन्द समेत लगाइएको थियो तर नदीले उक्त तटबन्ध नै बगाएपछि विद्यालय जोखिममा परेको हो।

आवाशीय व्यबस्था भएको उक्त विद्यालयमा शिक्षक बिद्यार्थी गरी करीव ८० जना त्यही बस्ने गर्छन्। ‘बर्षात्को समय छ, कति बेला के हुने हो टुंगो छैन, यहाँ पानी नपरेपनि माथि तिर पानी परे नदीमा पानीको बहाब बढ्छ', प्राचार्य भट्टले भने, ‘राति त जाग्राम जस्तै बस्नुपर्छ।'

२०३२ सालमा हालको ठाउँ भन्दा केही माथी सञ्चालन भएको बिद्यालय कक्षा ८ सम्मको पढाई हुँदा स्थापना भएकै ठाउँमा सञ्चालन भएको थियो । २०५१ सालमा माध्यामिक तहसम्मको पढाई सञ्चालन गर्ने योजना भयो तर पहिलेको ठाउँमा जग्गा नपुगेपछि बिद्यालय सार्नु परेको थियो। ‘प्राबिसम्म साबिककै ठाउँमा राख्ने र निमाबि देखि अन्त सार्ने सहमति अनुसरा विद्यालय यहाँ सारियो' शिक्षक मानवहादुर रोकायाले बताए। उनले भने ‘२०६६ सालमा बाढी आउँदा बिद्यालयको पर्खाल र खेल मैदान समेत बगाएको थियो, फेरी पनि त्यस्तो हुन्छ कि भन्ने चिन्ता लागेको छ।'

स्रोत अभावका कारण बिद्यालय अर्को ठाउँमा सार्न सक्ने अवस्था नभएको बताउँछन बिद्यालयका प्राचार्य भट्ट। कक्षा ६ देखि १२ सम्म चार सय भन्दा बढी बिद्यार्थी अध्ययनरत छन। नदी कटानको जोखिमकै कारण उक्त स्थानमा रहेका साबिकको बनलेक गाविसको कार्यालय र बनलेक स्वास्थ्य चौकी अन्तै सारिसकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.