तीन दिनपछि खुल्यो नारायणगढ मुग्लिन सडकखण्ड

तीन दिनपछि खुल्यो नारायणगढ मुग्लिन सडकखण्ड

चितवन : दर्जन ठाउँमा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन–सडकखण्डका तीन दिनपछि खुलेको छ । बुधबार साँझ ७ : ३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा खसेको पहिरो ४२ घन्टापछि खुलेका हो । सडकखण्ड शुक्रबार दिउँसो २ : १५ बजेपछि खुलेको चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

बुधबार साँझ काठमाडौँबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुबाहक बस र बा १५ च ९३८१ नम्बरको स्कारपियो जीप पहिरोले पुरिएका थिए ।

बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्कारपियो पहिरोमा पुरिएको थियो । पहिरो खसेको देखेपछि चालकले गाडी रोकेपछि चालक र यात्रु भागेर बाँच्न सफल भएका थिए ।

शुक्रबार दिउँसोबाट भने दुवैतर्फी बाटो खुला भएको प्रहरीको भनाइ छ । अविरल पानी परेपछि लामो समय बाटो अवरुद्ध हुँदा हजारौँ यात्रु र सयौँ सवारी साधन अलपत्र परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.