डा.केसीका मागबारे बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल

डा.केसीका मागबारे बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल

काठमाडौं : १२ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीका मागका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्दै छन्।

प्रधानमन्त्री देउवाले डा. केसीका मागको सम्बन्धमा छलफल गर्न प्रचण्ड र ओलीलाई शुब्रबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदबार बोलाएका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रचण्ड, ओलीसहित सरोकारवालालाई राखेर प्रधानमन्त्री देउवाले केसीका मागबारे छलफल गर्न लागेका हुन्।

डा. केसी स्वास्थ्य क्षेत्रको सुधारका माग राख्दै साउन ९ गतेदेखि ११ औँ अनसनमा छन्। अनसन बसेको १२ औँ दिनपुग्दा समेत सरकारले माग सम्बोधन नगरेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीले शीर्ष नेता र सरोकारवालालाई छलफलमा बोलाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.