राजपासँग चुनावी तालमेल : पोखरेल

राजपासँग चुनावी तालमेल : पोखरेल

सिमरा: नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुई नम्बर प्रदेशको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) सँग केही स्थानमा तालमेल हुनसक्ने सम्भावना रहेको बताएका छन्। 

एमाले प्रचार विभाग बाराले शुक्रबार सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले राजपाका नेतासंग केन्द्रीय तहमा छलफल भईरहेकाले केही स्थानमा तालमेलको सम्भावना रहेको बताए।

उनले भने, ‘राजपका नेतासंग छलफल भइरहेको छ, केही स्थानमा तालमेलको सम्भावना हुनसक्छ।' एमाले मधेस बिरोधी पार्टी भनेर प्रचार गरिए पनि मधेसका जनता र मधेसवादी दलका नेताले यथार्थ बुझिसकेको भन्दै पोखरेलले एमाले दुई नम्बर प्रदेशमा पनि पहिलो शक्ति हुने दावी गरे। सामाजिक सद्भाव र राष्ट्रियताको पक्षमा एमालेले लिएको अडानको कारण दुई चरणको निर्वाचनमा जनताले एमालेलाई रुचाएको भन्दै पोखरेलले दुई नम्बर प्रदेशका जनताले पनि एमालेको पक्षमा मतदान गर्ने दाबी गरे।

संविधान संशोधनको बिषयलाई लिएर निर्वाचन रोक्ने प्रयास कसैले गर्न नहुने र परिवर्तनशील दस्तावेज भएको संविधानलाई चुनावपछि पनि संशोधन गर्न पोखरेलको भनाई थियो। ‘संविधान गतिशील, परिवर्तनशील र संशोधनीय दस्तावेज हो, यसलाई संशोधन गर्न नसकिने होईन्' उनले भने ‘निर्वाचन अघि संशोधनको औचित्य छैन, निर्वाचन सकिएपछि सबै बसेर आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.