भेलले बगाउँदा दुई बेपत्ता
परासीः वर्षासँगै नहरमा आएको भेलले बगाउँदा नवलपरासी पाल्हीनन्द गाउँपालिका-३ पर्सियामा एक बालकसहित दुई जना वेपत्ता भएका छन्।
स्थानीय झरही नहरमा आएको भेलले बगाउँदा १२ वर्षीय किशन गुप्ता र ६० वर्षीय वृजलाल गुप्ता वेपत्ता भएको प्रहरीले जनाएको छ। घर नजिकै रहेको नहर छेउमा खेल्दै गरेका बालकलाई भेलले बगाएपछि बचाउन पुगेका वृजलाल पनि वेपत्ता भएका हुन्।
दुबै जनाको सुरक्षाकर्मी र स्थानीयवासीहरुले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।