आयल निगमलाई कारबाही गर्न अख्तियारमा पत्राचार गर्ने लेखा समितिको निर्णय

आयल निगमलाई कारबाही गर्न अख्तियारमा पत्राचार गर्ने लेखा समितिको निर्णय

काठमाडौं : व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले खरिद गरेको जग्गा प्रकरणमा अनियमितता भएको भन्दै सबै पक्षलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाउने निर्णय गरेको छ।

शुक्रबार बसेको समितिको बैठकले आवश्यक छानबिन र दोषिमाथि कारबाहीका लागि आयोगमा पत्र पठाउने निर्णय गरेको हो।

खरिद गरिएका जग्गाहरु वास्तविक जग्गा धनीहरुसँग खरिद नगरी एजेन्टसँग बोलपत्रको माध्यमबाट खरिद सम्झौता भएको भन्दै समितिले खरिद गरेका जग्गाको दररेट, सरकारी दररेट र चलन चल्तीको दररेट भन्दा खरिद गरेको दररेट कैयौं गुणा बढी रहेको भन्दै आवश्यक छानबिन गरी कारवाही गर्न आयोगलाई पत्राचार गर्ने निर्णय भएको हो।

जग्गा प्राप्ति ऐन २०३४ बमोजिम जग्गा प्राप्ति गर्नु पर्नेमा ढिलो हुने भन्दै निगमले बोलपत्रको माध्यमबाट जग्गा खरिद गरेको हुँदा विधि र प्रक्रियाको सम्बन्धमा त्रुटी पाइएको समितिको ठहर छ।

समितिले गत बुधबार आपूर्ति मन्त्री, मन्त्रालयका सचिव र नेपाल आयल निगमका पदाधिकारीसँग गरेको छलफलको आधारमा शुक्रबार यस्तो निर्णय सार्वजनिक गरेको हो।

शुक्रबारको बैठकमा आपूर्ति मन्त्रालय र निगमसम्बद्ध कुनै पनि अधिकारीलाई बोलाएको थिएन्।

समितिको निर्णय 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.