आइटिएफ एसियन च्याम्पियनसीपमा नेपाललाई सिल्भर र ब्रोन्जी मेडल
काठमाडौ: कोरियामा भइरहेको कोरियन इन्टरनेशनल एण्ड एसियन च्याम्पियनशीपको दोस्रो खेलमा नेपालका शस्मन बस्नेतले जुनियर ब्ल्याक बेल्ट प्याटर्नतर्फ सिल्भर र ब्रोन्जी मेडल जितेको छ।
शुक्रबार भएको सेमिफाइनलमा बस्नेत जुनियर ब्ल्याक बेल्ट प्याटर्नतर्फ रसियन खेलाडी र फाइनल खेलमा कीर्गिस्तानका खेलाडीसँग पराजित भए।
यस्तै आज भएको एसियन च्याम्पियनसीप तर्फ एडल्ड ब्ल्याक बेल्ट इन्डिभिजुअल स्प्यारिङ ५८ केजी तौलमा समूहमा नेपालका गयाजी खड्का जापानका खेलाडीसँग खेल्ने क्रममा देब्रे कुइनोमा चोट लाग्दा घाइते हुने पुगे। उनी पहिलो राउण्डमै घाइते भएपछि नेपालको पदक जित्ने यात्रा टुगियो।
१५ देशका करीब ५ सय भन्दा बढी खेलाडी सहभागी भएका छन्। भोलिको अन्तिम खेलमा नेपालका शस्मन बस्नेतले एसियन च्याम्पियनशीपतर्फ जुनियर ब्ल्याकबेल्ट ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्।
एसियन च्याम्पियनशीपतर्फ पनि शस्मनले मेडल जित्ने आशा गरेको टीम म्यानेजर केदार बुढाथोकीले बताए। यस्तै लक्षमण बस्नेतले रेफ्रीको भूमिका निभाएका थिए।