‘धुर्मुस सुन्तली फाउण्डेशन’ लाई सिटी एक्सप्रेसको २० रुपैयाँ अभियान

‘धुर्मुस सुन्तली फाउण्डेशन’ लाई सिटी एक्सप्रेसको २० रुपैयाँ अभियान

सिटी एक्सप्रेस मनी ट्रान्सफरले नमुना नेपाल निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्न २० रुपैयाँ अभियान सञ्चालन गर्ने भएको छ।

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोवारमा बीस रुपैँया धुर्मुस सुन्तली फाउण्डेशन” लाई सहयोग उपलव्ध गराउने घोषणा गरेका हुन्।

यसका लागि युनाटेड अरब ईमिरेट (युएई) को अल अन्सारी एक्सचेन्जबाट सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले पठाउने रकमबाट सहयोग उपलब्ध गराउने टण्डनले बताए। विहीबार फेसबुक पेजमार्फत संसार भर रहेका नेपालीहरुसंग प्रत्यक्ष कुराकानी गरेका थिए।

कार्यक्रममा “धुर्मुस सुन्तली फाउण्डेशन” का संस्थापक तथा सिटीएक्सप्रेस मनी ट्रान्सफरका सद्भाव दूत सिताराम कट्टेल (धुर्मुस ) पनि सहभागी थिए। नेपालबाट रोजगारी लगायत विभिन्न पेशा व्यवसायका लागि विदेशमा गएका नेपालीहरुले नेपालमा रहेका आफन्तहरुलाई पठाएको रेमिटान्स रकम सरल एवं शुलभ तरिकाबाट सिटी एक्सप्रेसले आफन्तहरुलाई हात हातमा पुर्याउदै आएको छ।

विसं.०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो। कम्पनीले धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा समेत सहयोग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.