कामै नगरी रकम भुक्तानी सिफारिस गर्ने जनप्रतिनिधिसँग स्पष्टीकरण

 कामै नगरी रकम भुक्तानी सिफारिस गर्ने जनप्रतिनिधिसँग स्पष्टीकरण

जाजरकोट: जाजरकोटका जनप्रतिनिधीलाई पहिलो गासमै ढुङ्गा लागेको छ। त्रिवेणी नलगाड नगरपालिका वडा नं ११ का वडा अध्यक्षसहित चार जना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागी सिफारिस गरेपछि उनीहरु फन्दामा परेका हुन्।

त्रिवेणीनलगाड नगरपालिका वडा नं ११ चौखा देखी वडा नं १० रजिक सम्म जोड्ने चौखा-रजिक बानियाँगाँउ सर्मी डोल्पा सडकको कामै नगरि २३ लाख रुपैया जिल्ला समन्वय समितिले भुक्तानी गरेको थियो।

उक्त कुरा अन्नपुर्णपोष्ट दैनिक कागजमै सिमित योजना, कामै नगरी भुक्तानी भएको २३ लाखको चेक भेटियो शिर्षकको समाचार ३ साउनमा प्रकाशित भएपछि छानबिन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधी समेत अनियमित कार्यमा संलग्न भएको पाईएको हो।

अख्तियारले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभएपनि भुक्तानीका लागी चेक काटिएको हो भनि स्पष्टिकरण सोधेपछि छानवीन थाल्दा यस्तो तथ्य फेला परेको हो।

एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष जितबहादुर मल्ल र सदस्यहरु भिमबहादुर मल्ल, कृष्णकुमारी खत्री वानियाँ, विष्णुकमारी नेपाली र विर्खबहादुर बानियाँले वडा कार्यालयको लेटर प्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार तीन सय मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागी स्थानिय विकास अधिकारीलाई सिफारिस गरेका थिए।

उनीहरु सवैलाई जिल्ला समन्वय समितिले के कति कारणले कामै नभएको बाटोको निर्माण सम्पन्न भयो भनि सिफारिस गरियो दुई हप्ता भित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको सामाजिक विकास अधिकृत दलबहादुर घर्तीले बताए । कामै नभए पनि नक्कली विल भरपाई पेश गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई नोकरीबाटै बरखास्त गरिएको उनले बताए।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत , सचिव शुष्मा विसी र कोषाध्यक्ष जय कुमारी खत्रीलाई पनि स्पष्टिकरण सोधिएको छ। निर्वाचित भएको एक सय दिन नवित्दै वडाका सवै पदाधिकारी स्पष्टिकरणमा परेको देशकै पहिलो घटना हो।

स्थानिय तहमा जनप्रतिनिधि चुनिए सँगै अनियमितता घटने सुशासन कायम हुने अपेक्षा गरिएको थियो तर यो पछिल्लो घटनाले जनप्रनिधिको चरित्र र हैसियत उदाङ्गिएको सुशासनकर्मी बालकुमार शर्माको भनाई छ।

उपभोक्ता सँग आर्थिक लेनदेनका आधारमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा ईन्जिनियर सुर्यबहादुर शाहीको निर्देशनमा सवईन्जिनियर विश्वकर्माले उक्त सडकको मुल्यांकन गरी नक्कली विलभरपाई बनाएका थिए।

घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिईसकेको चेक समेत कार्यालयले थुतेर क्यान्सिल गरेको छ।तर अनियमित कार्यमा संलग्न अन्यलाई कारवाहीको प्रक्रिया अघि बढाएपनि जिल्ला ईन्जिनियर शाहीलाई कुनै कारवाही गरिएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.