पहिरोले एकै परिवारका चारसहित ६ जनाको मृत्यु

पहिरोले एकै परिवारका चारसहित ६ जनाको मृत्यु

बागलुङः बागलुङमा पहिरोमा परी एकै परिवारका चारसहित ६ जनाको मृत्यु भएको छ। घरमाथिबाट खसेको पहिरामा परी निसीखोला गाउँपालिका-२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको हाे।

६८वर्षीय मणिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ। चारै जनाको शव घरभित्र पुरिएका अवस्थामा भेटिएको प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए। नन्दकली र विन्दुको शव बिहान फेला परे पनि मणिमान र गीताको शव भने अपराह्न मात्र पहिरोबाट निकालिएको थियो।

यस्तै पहिराले घर पुरिँदा ढोरपाटन नगरपालिका-५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको मृत्यु भएको छ । उनकी श्रीमती र छोरी सकुशल रहेको तथा छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता निसीखोला गाउँपालिका-१ हुल्दीकी ७५ वर्षीया खगिसराको पनि शव फेला परेको छ। यससँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ।

बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बेपत्ता सिँजालीको बिहानैदेखि खोजी गरेको थियो। भीषण वर्षापछि गए राति ठाउँ ठाउँमा गएको पहिराले धनजनको क्षति पुर्‌याएको हो । 

“जिल्लाको पश्चिम भेगको थुप्रै ठाउँमा पहिराले क्षति पुर्याएको छ”, प्रहरी उपरीक्षक खापुङले भने, “घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ।”

कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दासमेत उद्धारमा खटिएको जनाइएको छ । गत वर्ष जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिराले ठूलो क्षति पुर्याएको थियो । घटनास्थलमा उद्धार र राहतलाई प्रभावकारी बनाउन इप्रका बुर्तिबाङबाट प्रहरी खटाइएको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.