‘रसिया-अमेरिका सम्बन्ध खतरनाक मोडमा'

‘रसिया-अमेरिका सम्बन्ध खतरनाक मोडमा'

मस्को (रसिया): रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका-रसिया सम्बन्ध निकै सङ्कटोन्मुख अवस्थामा पुगेको शुक्रबार बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै ट्वीट गर्दै अमेरिका-रसिया सम्बन्धमा समस्या आएको जनाएका थिए। जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको बताएका थिए।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भन्नुभयो, “हामीले पूर्णतया यो विचार सार्वजनिक गर्न चाहन्छौ कि अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त गरेको कुरा वास्तविक देखिन पुगेको छ।”

दुवै मुलुक र जनताबीच पारस्पारिक सहयोग तथा सहकार्य आवश्यक रहेको समयमा यसलाई समस्यातर्फ धकेलिएको अमेरिकी राष्ट्रपतिको भनाईप्रति रसियाली प्रशासन केन्द्र क्रेमलिनले पनि समान धारणा ल्याएको हो। संयुक्त राज्य अमेरिकामा गत राष्ट्रपतीय निर्वाचनमा रसियाी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले एउटा वृहत् निर्णायक मण्डल 'ग्र्याण्ड जुरी' गठन गरेको चर्चा विभिन्न सञ्चारमाध्यममा आएको थियो।

अमेरिकी मिडियाले त्यसलाई रोबर्ट मुलर अनुसन्धानमा सम्भावित अपराधिक अभियोगमाथि काम गर्न पहिलो कदम भनेका छन्।

राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन्। जुरीले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रसियाली कानून व्यवसायीबीच जुन २०१६ मा भएको बैठकका सहभागीलाई छानविनको दायरामा ल्याउने तयारी गरिरहेको छ।

राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएपनि अमेरिकी केन्द्रिय गुप्तचर निकाय (एफबिआई) लगायतका बिभिन्न एक दर्जनभन्दा बढी संस्थाले निर्वाचनमा रसियाली हस्तक्षेप रहेको बताएका थिए। रासस/सिन्ह्वा/एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.