अफगानिस्तानमा नेटो सैनिक मारिए
कान्दाहार: अफगानिस्तानको राजधानी काबुल बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन्।
अफगानिस्तानमा बिहीबार मात्र दुई जना अमेरिकी नेटो सैनिकको हत्या भएको थियो। शुक्रबार एक नेटोआवद्ध सैनिक मारिनुको साथै अन्य छ जना घाइते भएको समाचारमा जनाइएको छ।
बिहीबार कान्दाहार सहरको विमानस्थलमै तालिबानले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका थिए।
काबुलबाट उत्तरी इलाकामा शुक्रबार एक आत्मघाती व्यक्तिले बिहान आठ बजे प्रहरी चौकीमा आक्रमण गरेका थिए। आक्रमणमा पाँच विदेशी सैनिक र एक भाषा अनुवादक घाइते भएका छन्।
अफगानिस्तानको टोलो टेलिभिजनका अनुसार मारिएका र घाइते भएका ती सैनिक कुन देशका हुन भन्ने बारेमा नेटो सैनिकले प्रष्ट गरेको छैन।
अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिए पनि हाल १३ हजार अमेरिकी नेतृत्वका नेटो सैनिक बाँकी रहेका छन्। रासस÷सिन्ह्वा