जाजरकोटमा बाढीको त्रास, तीन घर विस्थापितः चार पुल बगायो

जाजरकोटमा बाढीको त्रास, तीन घर विस्थापितः चार पुल बगायो

जाजरकोट : जाजरकोटका विभिन्न खोलामा बनाइएका चार काठेपुल बाढीले बगाएको छ भने आधा दर्जन सडक अवरुद्ध भएका छन्। बिहीबार र शुक्रबार खोलामा आएको बाढीले काठेपुल बगाउदा आवतजावतमा समस्या परेको छ। त्रिवेणी नलगाड नगरपालिका ५ स्थित खोला तर्न बनाइएका काठेपुल बाढीले बगाउदा जुनी माविमा पढ्ने झण्डै डेढ सय बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन्।

सिर्के खोलामा रहेको काठेपुल अविरल वर्षा संगै आएको बाढीले बगाएपछि त्रिवेणी नलगाड नगरपालिका ६ गर्छिनाका झण्डै ५५ बालबालिका जुनी मावि पढ्न जान आउन समस्या भएको स्थानीय देवीभक्त घर्ती मगरले जानकारी दिए।

त्यस्तै त्रिवेणी नलगाड नगरपालिका ६ स्थित हारेकाफल, लहरे खोला, छहरे खोलामा रहेका तीन काठेपुल बिहीबार राती परेको अविरल वर्षा संगै आएको बाढी र पहिरोले बगाउदा वीरेन्द्र प्रावि भारगाउँ र गणेश प्रावि लबिसामा अध्ययनरत झण्डै ९५ जना बालबालिका विद्यालय जानबाट बञ्चित भएको शिक्षक रामबहादुर घर्तीले बताए।

यहाँका बालबालिका वर्षौदेखि काठेपुलबाट आवतजावत गर्ने गरेकाले बाढीले काठेपुल बगाउदा आफ्ना छोराछोरीको पढाई प्रभावित भएको स्थानीय तारा बुढाले बताइन्। जुनी मावि सिर्के जान करिब दुई घण्टाको ओरालो पार गर्नुपर्ने र बीचमा खोला तर्न आफूलाई समस्या भएको कक्षा नौ मा अध्ययनरत देवी सिंहले गुनासो गरिन्। काठेपुल बगाएपछि विद्यालय जान र स्थानीयलाई एक गाँउबाट अर्को गाउँ बीचको सम्पर्क विच्छेद भएको छ। पहिरोले जिल्लाका पाँचकाटिया, रग्दाभगवति, छेडा लगायतका सडक अवरुद्ध भएका छन्।

तीन घर विस्थापित
त्रिवेणी नलगाड नगरपालिका –५ सिर्के स्थित जनकबहादुर सिंह, महेन्द्र शाही र प्रेम सिंहको परिवार विस्थापित भएका छन्। बिहीबार रातीदेखि परेको पानीका कारण आएको बाढीले सिंहको घर अगाडिको पर्खाल बगाएको छ।

यसका साथै महेन्द्र शाही र प्रेम सिंहको परिवार समेत विस्थापित भएको प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

उनीहरु सबै छिमेकीको घरमा बसिरहेका छन्। त्यस्तै घर वरपर रहेको झण्डैं २५ रोपनी खेत बाढीले कटान गरेको प्रहरीले जनाएको छ। जिल्लाका विभिन्न खोलामा बाढी आएको र ठाँउ ठाँउमा पहिरो गएपनि संचार सम्पर्क नहुँदा विस्तृत विवरण आइनसकेको निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.