पुनर्निर्माणमा गम्भीर लापरवाही

पुनर्निर्माणमा गम्भीर लापरवाही

भक्तपुर : प्राविधिकहरूले भूकम्पपछि निजी आवासको पुनर्निर्माण ‘डरलाग्दो' देखिएको बताएका छन्। घर पुनर्निर्माणमा गुणस्तर र भूकम्प प्रतिरोधात्मक क्षमताको अवस्था दयनीय भएको उनीहरूको भनाइ छ। 

मेथड कन्सल्टेन्टद्वारा शुक्रबार आयोजित कार्यक्रममा सहभागी प्राविधिकले घरधनी सचेत नहुँदा गुणस्तरहीन घर तथा भवन निर्माण भइरहेको बताएका हुन्। मेथडका प्रबन्ध निर्देशक इन्जिनियर तुलसीलाल बासुकलाले भूकम्पपछि पुनर्निर्माणका नाममा ‘माटोमाथि ढलान घर ठडिँदै' आएको बताए। ‘माटो सिमेन्टको शत्रु हो। तर, हिलो, पानी नभनी सिमेन्ट, गिटी, छड, बालुवालगायत प्रयोग गरी धमाधम घर बनिरहेका छन्', उनले भने, ‘यस्तो असुरक्षित तरिकाले बनेका घर २० वर्ष टिक्नै मुस्किल हुन्छ।'

उनका अनुसार सिमेन्टको आयु ५० वर्ष मानिन्छ। तर, बजारमा गुणस्तरीय सिमेन्ट पाउनै मुस्किल छ। त्यसमाथि ताजा सिमेन्ट बजारमा नपाइने उनको भनाइ थियो। ‘घर निर्माण गर्दा सबै मापदण्ड पूरा गरे सिमेन्टको आयु ५० वर्ष हुन्छ', उनले भने, ‘तर, हामीकहाँ कहीं न कहीं त्रुटि हुन्छ। इन्जिनिरिङमा एउटा ठाउँमा पाँच प्रतिशत मात्रै कमजोरी भयो भने समग्रमा ३० प्रतिशतमा गणना हुन्छ। त्यसमाथि वर्षा र माटो नभनी गरिएको निर्माणको आयु २० वर्ष पनि नपुग्न सक्छ।'अर्का इन्जिनियर सिर्जना प्रजापतिले पनि पुनर्निर्माणका क्रममा प्राविधिक त्रुटि भइरहेको सुनाइन्।

‘पुनर्निर्माणमा जगदेखि नै त्रुटि हुँदै आएको छ', उनले भनिन्, ‘त्यस्तै पिलर र बिमको डन्डी तथा रिङ गाँस्दा कमजोरी भएको छ।' जग, पिलर र बिममै प्राविधिक रूपले कमजोर भएपछि घर कुनै पनि हालतमा बलियो नहुने उनले दाबी गरिन्। उनले आफू बस्ने घर बलियो बनाउन घरधनी नै बढी जिम्मेवार हुनुपर्ने बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.