बोर्ड सदस्यलाई लगानीमा अवराेध 

बोर्ड सदस्यलाई लगानीमा अवराेध 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सुशासन कायम गर्ने उद्देश्यले बोर्ड सञ्चालक आचारसंहिता लागू गरेको छ । बोर्डले बोर्ड सञ्चालक सदस्यको आचारसंहिता-२०७४ लागू गरी संस्थापक सेयर तथा दोस्रो बजारमा समेत लगानी गर्न नपाउने गरी अंकुश लगाएको हो।

बोर्ड सदस्यले आफ्नो कार्यकालमा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक सेयरमा लगानी तथा दोस्रो बजारमा धितोपत्र खरिद बिक्री गर्न नपाउने व्यवस्था आचारसंहितामा गरिएको छ।

त्यस्तै, बोर्ड सदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्कासन प्रक्रियामा रहेका संगठित संस्थामा सञ्चालक, सल्लाहकार तथा पारि श्रमिक तथा शुल्क पाउने गरी पूर्णकालीन पदाधिकारीको रूपमा रहन नहुने व्यवस्था गरेको छ।

बोर्ड सदस्य धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था वा धितोपत्रको दर्ता तथा निष्कासन गरेका संगठित संस्थाको आधारभूत सेयरधनी वा पदाधिकारी रहेमा त्यस्तो व्यवसायी, सूचीकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्कासन गरेका संगठित संस्थाको सम्बन्धमा बोर्डलाई जानकारी दिई त्यस्तो संस्थासम्बन्धी हुने छलफल तथा निर्णयमा सहभागी हुन नपाउने आचारसंहितामा उल्लेख छ।

साथै, बोर्ड सदस्यले आफ्नो ओहदाको कर्तव्य पालना गर्दा थाहा भएको जानकारी वा बोर्ड वा अन्य माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा संकलन गरेको कुनै सूचना, कागजात वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट बोर्डको अहित हुने गरी बोर्डबाहिरका व्यक्ति तथा कुनै पनि किसिमका सञ्चारका माध्यमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले संकेत वा प्रकट गर्न नपाउने भएका छन्।

बोर्ड सदस्यले अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्कासन प्रक्रियामा रहेका संगठित संस्थालाई कुनै प्रकारको सेवा प्रदान गरेको भए बोर्डलाई सोको जानकारी दिनुपर्नेछ। साथै, त्यस्तो संस्थाका सम्बन्धमा बोर्डमा हुने छलफलमा स्वार्थ बाझिने हुँदा त्यस्तो छलफल तथा निर्णयमा भाग लिन नहुने बोर्डका प्रवक्ता निरज गिरिले बताए।

त्यस्तै, बोर्ड सदस्यले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन नपाउने आचारसंहितामा उल्लेख गरिएको छ।

बोर्डको काममा कुनै पनि प्रकारले असर पर्ने गरी बोर्ड सदस्यले बोर्डको पूर्व स्वीकृतिबिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार माग्न, स्वीकार गर्न वा आफ्नो परिवारको कुनै सदस्यबाट स्वीकार गराउन नपाउने भएका छन्। बोर्डले सूचीकृत संगठित संस्थाका लागि संस्थागत सुशासनसम्बन्धी निर्देशिका तयार पार्ने क्रममा रहेको सन्दर्भमा नियमनकारी निकायका बोर्ड सदस्यहरू सुशासित भएमात्र समग्र बजारमा सुशासन कायम गर्न सकिने जनाएको छ।

बोर्डले सुशासन कायम गर्न सकिने मान्यतासहित बोर्ड सदस्यका लागि आचरण तथा व्यवहार, इमान्दारीता तथा गोपनीयता, वित्तीय अनुशासन कायम गर्नुपर्ने, जिम्मेवारी अनुसार कार्य सम्पादन गर्नुपर्ने, पदको दुरुपयोग, दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिन नहुने, सेयरमा लगानी गर्न नहुने, सञ्चार माध्यमसँगको सम्बन्ध, बोर्डका कामकाज वा समाचार प्रकाशन गर्न नहुने गरी धितोपत्र बजारका सञ्चालकलाई बाधेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.