श्रीको परीक्षण उडान सम्पन्न

श्रीको परीक्षण उडान सम्पन्न

काठमाडौं : निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले शुक्रबार पहिलो पटक परीक्षण उडान ‘प्रुभिङ फ्लाइट' सफलताका साथ सम्पन्न गरेको छ। एयरलाइन्सले शुक्रबार ११ः३४ मा काठमाडौं-विराटनगर-काठमाडौं उडान गरेर परीक्षण उडान सम्पन्न गरेको श्रीका म्यानेजर अनिल मानन्धरले जानकारी दिए।

नयाँ हवाई कम्पनीले उडान अनुमति (एओसी) लिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसहितको सुपरिवेक्षण उडान गर्न पर्ने हुन्छ। सुपरिवेक्षण उडानमा प्राधिकरण्का दीपककुमार लामासहित तीन जना इन्जिनियर, पाँच जना पाइलट र सेफ्टी विभागका गरी १३ जना सहभागी थिए। उडानमा सहभागी टोलीले कम्पनीको उडान सुरक्षा अवस्थाको रिपोर्ट प्राधिरकणमा बुझाउनेछ। टोलीले रिपोर्टमा सुधार आवश्यक देखेमा प्राधिरणलाई सुझाव रिपोर्ट बुझाउनेछ। सोही अनुसार प्राधिकरणले पनि उडान अनुमति दिनेछ।

एयरलाइन्सले व्यावसायिक उडान भर्नका लागि केही समयपछि उडान अनुमति (एओसी) पाउने प्राधिकरणले जनाएको छ। श्रीले दुई अर्बभन्दा बढी लगानीमा तीनवटा जहाज नेपाल ल्याइसकेको छ। चारमहिना अगाडि नै जहाज ल्याएको श्रीले प्राधिकरणभित्र हुने चलखेलका कारण उडान अनुमति पाउने सकेको थिएन। हवाई माफियाले उडान अनुमति रोक्नकै लागि अख्तियारमा उजुरीसमेत गरेका थिए।

अख्तियारले फाइल लिई अध्ययनपछि उडान अनुमति दिने प्रक्रिया थाल्न प्राधिरकरणलाई जिम्मा दिएको थियो। प्राधिकरणले पनि उडान अनुमतिमा केही ढिला भएको जनाएको छ।

श्रीले चैत ३० गते पहिलो बम्बार्डियर सीआरजे-२०० जेट विमान नेपाल ल्याएको थियो। यसैगरी सीआरजे-२०० वैशाख १६ र सीआरजे-७००असार ९ गते नेपाल भित्रिएका थिए। एयरलाइन्सले पार्किङका लागि दैनिक २२ हजार रुपैयाँ खर्च गर्दै सीआरजे-२०० काठमाडौंमा र सीआरजे-७०० नेपालगन्जमा राखेको छ। प्राधिकरणले सीआरजे-२०० पहिलोलाई ‘९ एन-एमसी' र दोस्रोका लागि ‘९ एन-एएमए' नेपाली कलसाइन दिएको छ। सीआरजे-२०० जेट विमानमा ५० सिट क्षमता छ। यसैगरी ७० सिट क्षमताको सीआरजे-७०० विमानलाई प्राधिकरणले ‘९ एन-एमबी' दर्ता नम्बर दिएको छ।

तीनवटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी रुटमा नियमित उडान र काठमाडौंबाटै माउन्टेन फ्लाइट गर्ने योजना बनाएको छ। २४ सिटे एमआई-१७ र एयरबस हेलिकोप्टर ‘एएस ३५० बीथ्री' चारवटा छन्। नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी श्रीले आन्तरिकसँगै अन्तर्राष्ट्रिय (क्षेत्रीय) उडान गर्ने पनि योजना बनाएको छ।

हेलिकोप्टर सेवामा १७ वर्षको अनुभनव भएको श्री नेपालकै ठूलो हेलिकोप्टर कम्पनी हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.