म्याच फिक्सिङदेखि सावधान !
यो सहरका ढोका ढोकामा अब
कुुुुकुुुुरदेखि होशियार ! होइन
म्याच फिक्सिङदेखि होशियार लेखिनेछ
पार्क, सिनेमा हल, गाडी, अस्पताल र बिसौनीहरूमा
पाकेटमारदेखि होशियार !
होइन, होइन
म्याच फिक्सिङदेखि होशियार टाँसिनेछ
के तपाईंलाई थाहा छ ?
सहरमा म्याच फिक्सिङको बिगबिगी छ आजकाल
विपक्षी टिमको बिटोमा भुुुुलेर
जानीजानी कमजोर खेलेर
र आत्मघाती गोल गरेर
खेलाडीले मात्र गर्ने होइन रहेछ म्याच फिक्सिङ
आफ्नै प्रेमिकाको मृदुुुु मुुुुस्काने मैदानको डिम्पल पनि
लाग्छ कतै यो आत्मघाती गोलपोस्ट त होइन ?
यदि होइन भने
किन आजकाल मेरा एसएमएसका प्रेमिल गहिराइभन्दा
मेरो पर्सको मोटाइ मन पर्छ तिम्लाई
मैले मुुुुटुुुु निचोरी निचोरी लेखेका शब्द र पिरतीको प्रगाढताभन्दा
बैंक गभर्नरको हस्ताक्षर मन पर्छ उनलाई
ओ ! प्रेमका पुुुुजारीहरू ! म्याच फिक्सिङदेखि सावधान !
आफ्नै सहयोद्धालाई
अयोग्यको बिल्ला भिराएर
आफ्नै टाउकोको मोल तोक्नेसँग गला मिलाएर
क्रान्ति नायकले जमाउँछन् भने
यही मझेरीमा धोकाधडीको महफिल
योद्धाहरू हो ! म्याच फिक्सिङदेखि सावधान !
घरमा हरदिन प्रताडना
र गाला जोडेको फोटो राख्दै
सामाजिक सञ्जालमा शुुुुभकामना
यो शुुुुभकामना नै हो वा जगत्को आँखामा छारो
ओ श्रीमतीका श्रीमान्हरू !
ओ श्रीमान्का श्रीमतीहरू !!
म्याच फिक्सिङदेखि सावधान !
कलिला, उर्वर मगजलाई
जबरजस्ती परम्परागत साँचोमा ढालेर
भुुुुत्ते र बन्जर बनाइदिने
कारगारजस्ता पाठशालाहरूलाई बेलैमा चिन्नुुुु
नानीहरू !
नानीका आमा–बाबाहरू !
म्याच फिक्सिङदेखि सावधान !
सन्तानलाई रेमिट्यान्स उत्खनन गर्न
धकेलेर मरुभूमिमा
बनाउँदै र मोर्दै काठका चिल्ला कफिन
आफ्नै कप्तानलाई चिन्नुुुु, राम्ररी चिन्नुुुु
तन्नेरीहरू हो ! म्याच फिक्सिङदेखि सावधान !
घरका प्रत्येक हरहिसाबमा
छिमेकीको निर्देशन लादेर
हाम्रै लाचार लम्पसारी अभिभावकले
कहिल्यै सुुुुनेनन् छोराछोरीलाई
ख्यालै गरेनन् आफ्नो घरलाई
सपरिवार म्याच फिक्सिङदेखि होशियार !
कविले, लेखकले, रिपोर्टरले कसले गरेन म्याच फिक्सिङ यहाँ
निरपराध शब्द शब्दको चीरहरण गर्दै
र वातावरण सर्वनाश पार्दै
पछ्याउँदै गोयबल्सको अतिरञ्जन पथ
लगातार भइरहेछ म्याच फिक्सिङ
अब रेड बुुुुकहरूमा गद्धारको होइन
म्याच फिक्सिङको लेखिनेछ ब्ल्याक हिस्ट्री
नायक ! ओ नायक ! !
बरु भीमसेन थापाझैं जेलमै सेरिनुुुु
आफ्नो प्रस्टीकरण दिनै नपाई
तर अर्काको नुुुुन खाएर आफ्नाको खुुुुनमाथि नखेल्नुुुु
पराईको सुुुुन भिरेर आकाशको जूनलाई नछेल्नुुुु
नायिका ! ओ नायिका !!
कि त अरुणमा आत्मदाह गर्ने योगमायाबाट सिक्नुुुु
साँच्चै विद्रोहले सिच्नेछ सत्ताका बन्जर मगजहरू
बन्नुुुु आङ साङ सुुुुकी या तसलिमा नसरिनझैं अपराजिता
रछ्यानमा कुुुुहिनुुुुभन्दा छेउ–कुुुुनामा फलाम भएर टल्कनुुुु
तर म्याच फिक्सिङ गर्दै नगर्नुुुु ।