संसदमा जम्मा ९७ जना सांसद: सांसद हाजिर गर्दै बाहिरिँदै

संसदमा जम्मा ९७ जना सांसद:  सांसद हाजिर गर्दै बाहिरिँदै

काठमाडौं : जातीय छुवाछुत अन्त्य र समानुपातिक समावेशी सिद्धान्तको चर्को कुरा नगर्ने पार्टी वा नेता सायदै होलान्। तर, जातीय छुवाछुत अन्त्य तथा मधेसी, थारू र मुस्लिम आयोग विधेयक पारित गर्न संसद्मा गणपूरक संख्या (कोरम) नै पुगेन भन्दा जो-कोही पनि अचम्मित हुन्छ।

संसद्को अंकगणितमा झन्डै दुईतिहाइ पक्षमा रहेको सत्तापक्षकै अधिकांश मन्त्री र सांसद संसद्मा अनुपस्थित रहेपछि शुक्रबार जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) पहिलो संशोधन विधेयक तथा मधेसी, थारू र मुस्लिम आयोग विधेयक पारित हुन सकेनन्।

सभामुख ओनसरी घर्तीमगरले यी विधेयक निर्णयार्थ अघि बढाउन खोज्दा विपक्षी नेमकिपाका सांसद डिल्ली काफ्लेले कोरमको प्रश्न उठाएका थिए। संविधानको धारा ४९ ले संसद्मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाइ सांसदको उपस्थिति अनिवार्य गरेको छ। कोरमको प्रश्न उठेपछि सभामुख घर्तीले तीन मिनेट घन्टी बजाएर कोरम पुर्याउन सत्तापक्षलाई समय दिएकी थिइन्। तर, हाल कायम ५ सय ९३ सांसदमध्ये जम्मा ९७ जना मात्र संसद्मा उपस्थित थिए। कुनै पनि प्रस्ताव निर्णयमा लैजान १ सय ४९ सांसदको उपस्थिति अनिवार्य छ।

सरकारी बिजनेस पारित गर्न संसद्मा कोरम पुर्याउने जिम्मा सत्तापक्षको हो। तर, शुक्रबार सत्तापक्षीय कांग्रेस र माओवादी केन्द्रका अधिकांश सांसद अनुपस्थित थिए। २७ सदस्यीय मन्त्रिपरिषद्का उपप्रधान तथा स्थानीय विकासमन्त्री विजय गच्छदार र अरू दुई जना मन्त्री मात्र संसद्मा उपस्थित थिए। कोरम नपुगेपछि अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयकलाई पनि सभामुख घर्तीले कार्यसूचीबाट हटाएकी थिइन्।

माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले संसद् बसिरहेका बेला दुईवटा समितिका बैठक बसेका कारण कोरम पुग्न गाह्रो भएको बताइन्। विकास समिति र मानवअधिकार समितिका बैठक जुधेका कारण संसद्मा कोरममा समस्या आएको शर्माले बताइन्। ‘संसद् र समितिको बैठक जुधाउनु भएन भनेर कुराकानी गरेका छौं' प्रमुख सचेतक शर्माले भनिन्।

संसद्मा हाजिर गर्दै ‘बेपत्ता' अधिकांश सांसद भने सिंहदरबार र आसपासमा कार्यकर्तासँग गफ चुट्दै भेटिएका थिए । ‘कोरम नै नपुग्ला भन्ने त थिएन, विधेयक अर्को दिन पारित गरौंला नि' कांग्रेसका एक सांसदले भने । संसद्मा भ्रष्टाचारलगायत जनजीविकाका विषयमा पछिल्ला दिनमा सांसदहरूले महत्वपूर्ण कुरा उठाउने गरे पनि हाजिर गर्दै बेपत्ता हुने क्रम बढेको संसद्का कर्मचारी बताउँछन्।

‘माननीयज्यूहरू आफ्नो कुरा राख्नुहुन्छ अनि हिँडिहाल्नुहुन्छ। यस विषयमा संसद् सचिवालयले केही गर्न सक्दैन ? ' संसद्का एक उच्च अधिकारीले भने, ‘सांसदहरूलाई कस्ने भनेको सम्बन्धित दल र सचेतकहरूले हो।' कोरम नपुगेपछि सभामुख घर्तीले आइतबारसम्मका लागि संसद् स्थगन गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.