भरतपुर १९ मा कांग्रेसको प्यानल विजयी

भरतपुर १९ मा कांग्रेसको प्यानल विजयी

चितवन : भरतपुर महानगरपालिकाकाे जारी मतगणना अन्तर्गत वडा नं. १९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कर्ण गुरुङले १४७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिवद्धन्दी एमाले उम्मेदवारले १०९७ मत ल्याएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवारले २७ मत ल्याएका भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६६ मत ल्याएका छन्।

विययी हुने अन्य सदस्यमा महिलामा साधना पराजुलीले १५९५, दलित महिला सदस्यमा चुन्चा परियार ले १६१५, खुल्ला सदस्यमा जयनारायण सापकोटाले १५३५र द्रोण गुरुङले १४९९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

पहिलो चरणको स्थानीय तहको बैशाख ३१ गते भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना हुने क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछि साउन २० गते शुक्रवार वडा नं १९ मा पुन मतदान भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.