सावधान हेडिङ गोल !
फुटबलमा गोल निसर्त विषय हो । मैदानमा सबै खेलाडीको एउटै लक्ष्य हुन्छ- गोल । गोलकै कारण खेलाडीको व्यक्तिगत चर्चा चुलिन्छ । असहज परिस्थितिमा गरेको गोलले नै खेलाडीलाई सर्वाधिक मूल्यमा बिक्री पनि गराउँछ । देशको नायक वा सेलिब्रेटीको पगरी पनि उसैले गुथेको हुन्छ । फुटबलमा हेड गोलको चर्चा र महत्वव अझै व्यापक छ । कठिन अवस्थामा हेड गोल गर्दै टोलीलाई जिताउने खेलाडीको नाम बारम्बर लिइने गरिन्छ ।
ब्राजिलका स्टार क्रिस्टियानो रोनाल्डोले गरेको हेड गोल अहिलेसम्मकै उत्कृष्ट गोलको सूचीमा छ । युरोकप २०१६ को सेमिफाइनलमा उनले वेल्सविरुद्ध ५०औं मिनेटमा जम्पिङमार्फत उत्कृष्ट हेड गोल गरेका थिए । आठ फिट सात इन्च हाइटको बललाई रोनाल्डोले उडेर हेड हाने । उनको उत्कृष्ट हेडिङ बलले सोझै जाली चुम्यो । उनको उक्त गोलले विश्वकपभरको फुटबल दर्शकलाई चकित तुल्यायो । फुटबलका पण्डित गेरी लिनेकरले तत्काल ट्विट गर्दै लेखे ‘यस्तो गोल मैले अहिलेसम्म देखेको थिइनँ । न अब देख्न पाउनेछु ।' रोनाल्डोको यही गोलबाट पे्ररित भएर डेली मेलमा मार्टिन केवनले लेखे, ‘फुटबलमा रोनाल्डोको गोल हाइडेडिङ बास्केटबलको फाइनल स्कोरका लागि उत्कृष्ट खेलाडीको स्लिम डग प्रहारभन्दा कम थिएन ।'
रोनाल्डो पछिल्ला प्रतिनिधि पात्र हुन्, जो मैदानमा गोल गर्न माहिर छन् । उत्कृष्ट हेड गोल गर्ने अन्य चर्चित खेलाडीको सूचीमा पेले, रोविन भानपर्सी, लियोनल मेसीको नाम पनि शीर्ष स्थानमा आउँछ । नेदरल्यान्डका भानपर्सीले सन् २०१४ को ब्राजिल विश्वकपमा स्पेनविरुद्ध गरेको गोलको चर्चा चलिरहेको छ । भानपर्सीले डिफेन्स लाइनबाट उडेर हानेको हेड प्रहार सोझै गोलमा परिणत भएपछि नेदरल्यान्डले ब्राजिल यात्रा तेस्रो स्थानमा टुंग्याइएको थियो ।
उनको त्यही गोलले सन् २०१४ को फिफ पुस्कस अवार्डसमेत चुम्यो । अहिलेका चल्तीका अर्जेन्टिनी अर्का स्टार लियोनल मेसीले सन् २०१६ को ला लिगामा बार्सिलोनाका लागि डिर्पोटिभो लाकोरुनाविरुद्ध उत्कृष्ट हेड गोल गरे । डिफेन्स लाइनबाट आएको पासलाई मेसीले सेन्टर पोस्टमा गोल गरेका थिए । सन् १९७० को विश्वकप फाइनलमा पेलेले इटालीविरुद्ध पाँच फिट आठ इन्ज अग्लो बललाई उफ्रेर हेड गर्दै ब्राजिललाई तेस्रोपटक विश्वकप उपाधि चुमाएको दृश्य पनि कम रोचक थिएन ।
यस्तै सन् २००५ को च्याम्पियन्स लिगमा अन्डरलेच्टबिरुद्ध लिभरपुलका लुइस गार्सियाले २० यार्ड टाढाबाट हानेको हेड प्रहार सोझै गोलमा परिणत भएको थियो । सन् २०१३ को प्रिमियिर लिगमा लुइस स्वारेजले वेस्टब्रोमविचबिरुद्ध लिभरपुलका लागि पेनाल्टी एरिया बाहिरबाट गरेको गोलले उस्तै चर्चा पायो । सन् २००३ को प्रिमियर लिगमा न्युक्यासलका लागि अलान सिअररको हेड गोल उस्तै दमदार रह्यो ।
सन् २०१० को विश्वकपमा जर्मनीविरुद्ध स्पेनका कार्लेस पुयोलको हेड गोल, सोही विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोसले अस्ट्रेलियाविरुद्ध गरेको हेड गोल, सन् १९९८ को विश्वकप फाइनलमा फ्रान्सका जिनेदिन जिदानले ब्राजिलबिरुद्ध गरेको हेड गोल, सन् १९९४ को विश्वकपमा जर्मनीविरुद्ध बुल्गेरियाका मिडफिल्डरले डीबक्सभित्र जर्मनीका रक्षकलाई छल्दै गरेको हेड गोल र सन् २०१२ को च्याम्पियन्स लिगमा बायन म्युनिकविरुद्ध चेल्सीका डिडियर ड्रोग्वाले गरेको हेड गोल विश्वका चर्चित हेड गोलको सूचीमा छन् । फुटबल मैदानमा हेडिङ प्रहार र गोलको चर्चा खुट्टाको भन्दा बढी भइरहेको छ ।
तर, मैदानमा घम्साघम्सी र उत्कृष्ट हेड प्रहारका लागि लालायित देखिने खेलाडीले अब भने होसियारी र सावधानी अपनाउनुपर्ने एक अध्ययनने देखाएको छ । अमेरिकामा हालै गरिएको अनुसन्धानले अधिकांश अमेरिकन फुटबल खेलाडीहरू हेड प्रहारकै कारण मस्तिष्क रोगी हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
अध्येताहरूले खेलका दौरानमा खेलाडीले एकअर्काविरुद्ध बल खोस्दा हान्ने हेडिङका कारण प्रायः सबै खेलाडीमा मस्तिष्क रोगको लक्षण फेला परेको तथ्य सार्वजनिक गरेका हुन् । मस्तिष्कसम्बन्धी अध्ययन र अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताले तयार पारेको एक विस्तृत रिपोर्ट हालै अमेरिकन मेडिकल एसोसियसनको जर्नलले प्रकाशित गरेको छ ।
अनुसन्धानकर्ताले दुई सय दुईजना पूर्वफुटबल खेलाडीमाथि अनुसन्धान गरेका थिए । अमेरिकी राष्ट्रिय फुटबल लिगका खेलाडी, कलेज र स्कुलस्तरका फुटबल खेलाडीमाथि अनुसन्धान गरिएको थियो । यस अनुसन्धानमा खेलाडीले समय समयमा हान्ने गरेको हेडिङ प्रहारका कारण सबैमा मस्तिष्कको रोगको लक्षण फेला परेको जनाइएको छ ।
हेडिङ गर्ने खेलाडीमा ‘क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोपथि' (सीटीई) रोगको लक्षण देखा परेको अध्ययनका संलग्न अमेरिकन मेडिकल एसोसियसनका चिकित्सक एवं बोस्टन युनिर्भसिटीका न्युरोलोजिस्ट डा. एन म्याकी टोलीको रिपोर्टमा उल्लेख छ । मानसिक दुर्वलता ल्याउने भनिएको यो रोगले मेमोरी लसलगायतका लक्षणहरू देखाएको छ ।
अमेरिकामा हालै गरिएको अनुसन्धानले अधिकांश अमेरिकन फुटबल खेलाडी हेड प्रहारकै कारण मस्तिष्क रोगी हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
रिपोर्टमा सबै खेलाडीमा रोगको समान अवस्था भने फेला नपरेको प्रस्ट पारेको छ । तर, यसले बोस्टोन ब्रेन बैंकले पत्ता लगाएको धेरै सम्भावना रहेको भन्ने निष्कर्ष र त्यहाँ रहेका नमुनासँग मेल खाने जनाएको छ । बोस्टन ब्रेन बैंकमा विभिन्न दाता तथा खेलाडीका परिवारका सदस्यले मरणोपरान्त मस्तिष्क दान गर्ने गरेका छन् जसमा अधिकतम खेलाडीले विभिन्न समस्याको सामना गर्नुपरेको थियो, जुन क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोपथि (सीटीई)सँग मिल्दोजुल्दो थियो ।
मुख्य अनुसन्धानकर्ता डा. एनले सीटीई र फुटबलबारे अझ धेरै विषयमा अनुसन्धान गर्न बाँकी रहेको खुलासा गरेकी छन् । कतिपय खेलाडीमा उक्त रोगको लक्षण नदेखिएकोले थप अनुसन्धान आवश्यक रहेको उनले बताइन् । उनका अनुसार, यसबारे अझ धेरै कुरा पत्ता लगाउन बाँकी छ । ‘फुटबल हेडिङको कति वर्ष यसको कारक हुन्छ र वंशाणुगत प्रक्रियाको सम्भावना कति छ ? केही खेलाडीले धेरै वर्ष फुटबल खेलेको भए पनि उनीहरूमा क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोपथीबारे केही तथ्य छैन,' डा. एनले भनेकी छन् ।
खेलाडीको जीवनशैलीबारे अनुसन्धान गर्न बाँकी रहेकोले खेलाडीको जीवनशैलीले पनि थप नयाँ तथ्य बाहिर आउने बताइएको छ । खेलाडीको रहनसहन, मादक पदार्थ र ड्रग्सको सेवन, डाइटलगायत विषयले समेत यसलाई प्रभाव पार्नेछ ।
अध्ययनमा हेडिङका कारण खेलाडीको टाउको क्रमशः प्वाल पर्दै र फुट्दै गएको दृश्य पनि देखाइएको छ । डाक्टर म्याकीले मस्तिष्क बैंकको रिपोर्टबाट केही जवाफ मिल्ने र रोग लागे नलागेको विषय पत्ता लाग्ने बताइन् । तर, उनले रोगको उपचार भने पत्ता नलागेको उल्लेख गरेकी छन् । अनुसन्धानमा मानिसको मृत्युपछि मात्रै यसको उपचार पद्धतिको बारेमा थाहा हुने उल्लेख छ ।
केही अनुसन्धानकर्ताले यस विषयमा जीवित मानिसमाथि पनि विभिन्न परीक्षण सुरु गरिसकेका छन् । उनीहरूले पत्ता लगाउने सबैभन्दा पहिलो कारक तत्वव भनेको हेडिङ नै हुने गरेको छ जसले, सामान्य मस्तिष्कमा पनि खलबली ल्याएर ‘ताउ' नामक प्रोटिनको विकास गरेको हुन्छ । यो रोग फुटबल, बक्सिङजस्ता फिजिकल खेल खेल्ने खेलाडीमा बढी हुने गरेको छ ।
अनुसन्धानकर्ताले यसअघि पनि एक सय ७७ जना अमेरिकन फुटबल लिग (एनएफएल), पूर्व खेलाडीको मस्तिष्कको अनुसन्धान गरिएको थियो जसमध्ये एक १० एनएफएलका पूर्वखेलाडी, ४८ देखि ५३ जना कलेजका खेलाडी, सातदेखि आठ जना क्यानडाका लिग फुटबल खेलाडी, नौदेखि १४ जना अर्धव्यावसायिक खेलाडी, तीनदेखि १४ जना विद्यालयस्तरका खेलाडीको मस्तिष्क अनुसन्धान गरिएको थियो ।
तर, दुई खेलाडीको मस्तिष्कमा भने उक्त रोगको कुनै लक्षण फेल परेको थिएन । उक्त रोगबारे अनुसन्धान गर्नको लागि न्युरोप्याथोलोजिस्टहरूको एउटा प्यानल नै खटिएको थियो । टोलीले खेलाडीको दिमागको टिस्युमाथि अनुसन्धान गरेको थियो । रिपोर्ट सार्वजनिक भएपछि एनएफएलले यी निष्कर्षहरू महत्ववपूर्ण रहेको भन्दै वर्तमान र पूर्वखेलाडीको स्वास्थ्य सुधारको लागि काम गर्ने प्रतिबद्धता पनि जनाएको छ । एनएफएलले यसअघि उक्त कुरालाई नकार्दै आएको थियो । (एजेन्सीको सहयोगमा)