सदरमुकामकै बासिन्दा दूषित पानी पिउन बाध्य

सदरमुकामकै बासिन्दा दूषित पानी पिउन बाध्य

डडेल्धुरा: डडेल्धुरा जिल्ला सदरमुकामका बासिन्दा दूषित पानी पिउन बाध्य भएका छन्।

जिल्ला सदरमुकामस्थित सडक छेउमा गाडिएका खानेपानीका नाला उप्काइएसँगै सदरमुकाम क्षेत्रका बासिन्दा दूषित पानी पिउन बाध्य भएका हुन्।

शाखा सडक छेउका नालीलाई व्यवस्थित पार्न नाली खोलिएपछि बजार क्षेत्रका प्रायः घरमा धमिलो पानी गइरहेको स्थानीयको गुनासो छ।खानेपानीका शाखा लाइनका पाइप व्यवस्थित नहुनाले पनि सर्वसाधारण दूषित फोहर पानी पिउन बाध्य बनेको स्थानीय उपभोक्ताको भनाइ रहेको छ।

भाँडामा भरेको पानीको पिँधमा केही समयमा नै कालोमाटो र फोहर वस्तु थिग्रने गरेको थोफानडाँडा बस्दै आएको किशोर अवस्थीले बताए। सडक छेउमा रहेको नालीमा गाडिएका पाइप फुटेपछि खानेपानीका लाइनमा सडक छेउको भल बगेर जान थालेको हो।

वर्षौंदेखि अस्तव्यस्त रुपमा रहेका नालीलाई बर्खायाममा व्यवस्थित बनाउन अमरगढी नगरपालिका कार्यालयले पहल चाले पनि त्यसको खानेपानीमा असर पुगेको छ।

नालीलाई व्यवस्थित बनाउन अमरसिंह राजमार्ग, प्रशासन सडक, शिक्षा सडकलगायतका क्षेत्रमा कार्य थालनी गरिएको हो।

तर तिनै छेउमा रहेका अधिकांश होटल र घरपरिवारका खानेपानीका पाइप लाइनबाट दूषित पानी गइरहेको हो। अमरगढी नगरपालिकाले थालेको नाली खोल्ने काम सराहनीय भए पनि खलङ्गा खानेपानी उपभोक्ता समितिको लापर्बाहीले भने यस्तो समस्या आएको उपभोक्ताको गुनासो छ।

बर्खायामको समय भएकाले ठाउँठाउँमा फुटेका खानेपानीका पाइप लाइनलाई सक्दो चाँडो व्यवस्थित बनाउन उपभोक्ताको माग रहेको छ। अधिकांश घरमा दूषित पानी गए पनि कतिपय घरमा खानेपानी नै नजाने समस्या रहेको छ।

साथै खानेपानी समस्या समाधानका लागि सरोकारवालालाई आग्रहसमेत गरिएको छ। दूषित पानीका कारण स्वास्थ्यमा समस्या आउनसक्ने खतरातर्फ सबैले सचेत रहन स्वास्थ्यकर्मीले जानकारी गराएका छन। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.