भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको अग्रता : देवी ज्ञवाली ९९ मतले पछाडि

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको अग्रता : देवी ज्ञवाली  ९९ मतले पछाडि

चितवन : भतरपुर महानगरपालिकाको मेयरमा कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छिन् । पछिल्लो मत परिणाम अनुसार एमाले मेयर उम्मेदवार देवी ज्ञवाली दाहाल भन्दा ९९ मतले पछाडि छन् ।

वडा नम्बर २० को २४ सय मत गणना हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र माओवादी–कांग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल बीचको मतअन्तर ९९ पुगेको हो ।

‍‍‍निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणाम अनुसार रेणु दाहालले ४२ हजार सात सय ४४ मत ल्याएर अग्रता लिएकी छिन् भने एमालेका ज्ञवालीले ४२ हजार ६ सय ४५ मतसहित रेणुलाई पछ्याइरहेका छन् ।

वडा नम्बर २० मा तीन हजार ३०२ मत खसेको छ। महानगरको कुल मतदाता संख्या एक लाख ५० हजार २७४ छन् । वडा नम्बर १९ को मतगणनामा देवी र रेणुको मतअन्तर २२१ थियो । 

१९ नम्बर वडाको मत गन्नुअघि एमालेका देवी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए। वडा नं १९ मा दुई हजार ८७० मत खसेको थियो। जसमा दाहालले एक हजार ५२९ मत र ज्ञवालीले ९६६ मत प्राप्त गरे।

भरतपुर महानगरपालिका वडा नं. १९ मा वडा अध्यक्षसहित सबै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङले एक हजार ४७८ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश तामाङले एक हजार ९७ मत प्राप्त गरे।

त्यस्तै वडा १९ का अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका खड्कबहादुर गुरुङ्ले ६६ मत र राप्रपाका प्रजापति सापकोटाले २७ मत प्राप्त गरेका छन्।

जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि १९ नम्बर वडामा शुक्रबार पुनः मतदान भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.