जापानमा बाढी पहिरोमा परि पाँच बेपत्ता, ५३० जना विस्थापित
टोकियो: जापानको क्युसुमा आएको भीषण वर्षापछि आएको बाढीपहिरोमा परी पाँच व्यक्तिको बेपत्ता भएका छन्। यस प्रकोपको कारण अन्य ५३० सर्वसाधारण विस्थापित भएका छन्।
जापानको प्रमुख द्वीप क्युसुमा जुलाइको सुरुबाट परेको भीषण वर्षाको कारण यस अघि नै ३६ हताहत भइसेकेको छ। फुकुओका प्रान्त असाकुरामा सरहमा हराइरहेका पाँच व्यक्तिको खोजीकार्य जारी रहेको अधिकारीले जानकारी दिएका छन्।
स्थानीय अधिकारीले खोजीकार्यमा स्थानीय तीस जना प्रहरी खटिइरहेको र घटनास्थल वर्षा र बाढी पहिरोबाट निकै आक्रान्त रहेको बताएका छन्।
गत जुलाई पाँचदेखि लगातार भइरहेको वर्षापछिको बाढीपहिरोका कारण फुकुओका प्रान्त बाहेक छिमेकी ओइता प्रान्तका पनि गरी झन्डै दुई हजार जना विस्थापित भएर एकै ठाउँमा जम्मा भएका थिए।
एकै ठाउँमा जम्मा भएका मध्ये ५३० जना अझै पनि शरणार्थीकैरुपमा बसिरहेका छन्। बाढी पहिरोले झन्डै तीन सय वटा घरमा क्षति पुगेको छ।
फुकुओका प्रान्तको स्थानीय सरकारले विस्थापितलाई सहयोगका लागि थप योजनाहरु पनि बनाएको छ। जापानको केन्द्रीय सरकारका प्रवक्ता योसिहीड सुगाले आउदो अगस्त आठमा बस्ने मन्त्रीपरिषद् बैठकले बाढी पहिरो प्रभावितका लागि केही व्यवस्था गर्ने बताए।
जल तथा मौसम विज्ञान विभागले आइतबार पनि यस्तै प्रकोप आउने सक्ने खतरा रहेको भन्दै सतर्क रहन आह्वान गरेको छ। रासस/सिन्ह्वा